तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
तेस्रो चरणको चुनावमा फोरम पहिलो पार्टी बन्छ’,उपेन्द्र

सारांश

  • राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताए ।
  • संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनल यस्तो बताए ।
  • मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधेशी जनताको विश्वास रहेकाले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।

राजविराज – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अगामी असोज २ गते हुन लागेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा २ नं प्रदेशमा आफ्नो पार्टी पहिलो पार्टी बन्ने बताए ।

संघीय समाजवादी फोरम नेपाल, सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनल यस्तो बताए ।

मधेशी जनताको अधिकार सुनिश्चितताका लागि फोरम नेपाल संघर्षरत रहेको भन्दै फोरम नेपालप्रति मधेशी जनताको विश्वास रहेकाले मधेशको आठ जिल्लामा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरे ।

केन्द्रीकृत राज्यसत्ता र शासन सदियौँदेखि विभेद र उत्पीडनमा पारिएका जनतालाई हस्तान्तरण नगरेकाले पटक–पटक चुनाव गराउँदा मधेशमा ठूलो क्षति पुग्ने गरेको आरोपसमेत उहाँले लगाउनुभयो । पार्टीको नीति, सिद्धान्त र विचारका कारण बिखण्डनकारी शक्ति र साम्प्रदायिक सद्भाव भड्काउन चाहने योजनाकार सलबलाउन थालेको परिस्थितिमा हामी एउटै नेपालभित्र मधेश सहितको राज्यको पक्षमा छौँ, उनले भने

संघीय समाजवादी फोरम नेपाल, सप्तरीका अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष यादव, केन्द्रीय उपाध्यक्ष एवम् तराई मधेश प्रदेशका संयोजक रेणु यादव र केन्द्रीय उपाध्यक्ष हेमराज राई सहितले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा केन्द्रीय सल्लाहकार सुमन चौधरी, केन्द्रीय सदस्य एवम् राजनीतिक समिति सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला इञ्चार्ज अनिरुद्ध सिंह यादव, केन्द्रीय सदस्य एवम् सह–इञ्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु जगदेव यादव, उमेश यादव, सूर्यनाथ यादव, चित्तनारायण यादव, अशोक यादव, दीपक यादव लगायतको उपस्थिति थियो ।

जिल्ला पार्टीद्वारा आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा राजविराज नगरपालिका, बोदेवर्साइन नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, महादेवा गाउँपालिका, बेल्हीचपेना गाउँपालिका, कोइलाडी तिलाठी गाउँपालिका, इटहरी विष्णुपुर गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी आठ स्थानीय तहका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
रविमा शारीरिक समस्या शुरु भएको छ : वरिष्ठ पत्रकार त्रिपाठी
वामदेवद्वारा दुई दिनभित्र एकता अभियान घोषणा हुने
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
प्रधानमन्त्री ओलीले भने ठीक छु चाँडै काममा फर्किन्छु
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
वृद्धभत्ता केही समयभित्रै ५ हजार पुर्याइनेछः प्रधानमन्त्री ओली
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
नेपाली जनताको मन दुख्नेगरी एमालेले कुनै सिमाना तलमाथि हुन दिदैन : अध्यक्ष ओली
के गर्दै छन अहिले हेमबहादुर थापा मगर  , जस्ले  मदन भण्डारीको शव भेट्टाएका थिए !
के गर्दै छन अहिले हेमबहादुर थापा मगर , जस्ले मदन भण्डारीको शव भेट्टाएका थिए !
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
मोडरिक बने फिफा उत्कृष्ट खेलाडी अवार्ड
मोडरिक बने फिफा उत्कृष्ट खेलाडी अवार्ड
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…
माओवादी केन्द्रमा नबस्ने नेता रायमाझीको निर्णय…

तपाईंले छुटाउनुभयो कि?