त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३१, २०७४
|
|
४५ पटक हेरिएको
Shares
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने

सारांश

  • काठमाडौं, असार ३१ ।
  • महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ ।
  • अस्पतालका निर्देशक डा.

काठमाडौं, असार ३१ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ ।

अस्पतालका निर्देशक डा.दीपक महराले अगामी डिसेम्बरमा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाई छ ।

जापानले दुई वर्षअघिको भूकम्पका समयमा अस्पताललाई उपकरण खरिदमा रकम सहयोग गर्ने वचन दिएको थियो । तर, अस्पतालले रकमको सट्टा उपकरण नै दिन आग्रह गरेपछि उपकरण दिन जापान राजी भएको हो ।

एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रा साउण्डलगायत अन्य शल्यकक्षमा प्रयोग हुने उपकरण आउने निर्देशक महराले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?