त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
त्रियुगा नगरपालीका क्षेत्रका सरकारी जग्गामा अतिक्रमण झन तिब्र

सारांश

  • अस्बिन खडका, उदयपुर ११ चैत ।
  • उदयपुर जिल्लाको त्रीयुगा नगरक्षेत्रमा बारम्बार अतिक्रमण र चर्चाको बिषयमा का उठने गरेको नेपाल उड्यन प्राधिकरण को नाममा रहेको सदरमुकामको मुटुमा अबस्थित हबाईफिल्डको नाम रहेको सरकारी जग्गा अतिक्रमण को बारेमा प्रत्येक कार्यक्रम,नगर सभा,वडा भेला तथा सबै सुनुवाई कार्यक्रम हरुमा ब्यापक रुपमा चर्चाको बिषयमा आउदाँ पनी सरकारी जग्गाहरुमा जताभाबि खरीद र बिक्री को कुरा लाई लिएर धेरैजसो त्रिनपाको कार्यक्रमहरु स्थगीत हुन थाले ।
  • प्रत्येक दिन जग्गाको बिषय लाई लिएर जग्गा हडप्ने र संरक्षण गर्ने पक्षबिच दैनिक जस्तो कुटाकुट हुने र दैनिक १,२ वटा निबेदन जिल्ला प्रहरी,तथा प्रशासन कार्यालयमा आउन थालेपछी स्थानीय जनताहरुका पनीे चासोको बिषय बन्न थालेपछी यसको निकाशको लागी नगरपालीकाले छुट्टै कानुन बनायो ।

अस्बिन खडका,
उदयपुर ११ चैत ।

उदयपुर जिल्लाको त्रीयुगा नगरक्षेत्रमा बारम्बार अतिक्रमण र चर्चाको बिषयमा का उठने गरेको नेपाल उड्यन प्राधिकरण को नाममा रहेको सदरमुकामको मुटुमा अबस्थित हबाईफिल्डको नाम रहेको सरकारी जग्गा अतिक्रमण को बारेमा प्रत्येक कार्यक्रम,नगर सभा,वडा भेला तथा सबै सुनुवाई कार्यक्रम हरुमा ब्यापक रुपमा चर्चाको बिषयमा आउदाँ पनी सरकारी जग्गाहरुमा जताभाबि खरीद र बिक्री को कुरा लाई लिएर धेरैजसो त्रिनपाको कार्यक्रमहरु स्थगीत हुन थाले ।

प्रत्येक दिन जग्गाको बिषय लाई लिएर जग्गा हडप्ने र संरक्षण गर्ने पक्षबिच दैनिक जस्तो कुटाकुट हुने र दैनिक १,२ वटा निबेदन जिल्ला प्रहरी,तथा प्रशासन कार्यालयमा आउन थालेपछी स्थानीय जनताहरुका पनीे चासोको बिषय बन्न थालेपछी यसको निकाशको लागी नगरपालीकाले छुट्टै कानुन बनायो ।

त्रीयुगा नगरपालीका को उपमेयर देबी कुमारी चौधरी को अध्यक्षतामा समीती बनाएर नगरपालीका ले ब्यवस्थित बसोबास र जग्गा अतिक्रमण गर्ने र जग्गा संरक्षण गर्ने सबै सबन्धित पक्षलाई राखी अब सबै कुराको निकाश निकाल्नेगरी छानबिन कमीटी समेत बनाएर काम अघि बढाउदै गरेको नगरप्रमुख बलदेब चौधरीले बताए ।

जि।प्र।का।उदयपुरले पनी प्रत्येक दिन जग्गाको बिषय लाई लिएर जग्गा हडप्ने र संरक्षण गर्ने पक्षबिच दैनिक जस्तो कुटाकुट हुने र दैनिक १,२ वटा निबेदन जिल्ला प्रहरी कार्यालयमा आउने गरेकोेछ,गत बिहिबारका दिन स्थानीय पुल्कीत चौधरीले सोहि सार्बजनीक जग्गामा घर बनाउन खोज्दा उनी सहित ७० बर्षिय वुद्दा देखी लिएर अरु ३ जना निर्घात रुपमा कुटीए ।

पहिला स्थानीय चौधरी समुदायले भोगचलन गर्दे आएको सो जग्गाको पहिला मुल्य नहुदाँ र त्यस जग्गामाथी खोला कुदने गरेको कारण कसैले मालपोत नतिरेर गौचरन र सरकारको नागरीक उड्यन मन्त्रालयको नाममा जग्गा राखीदिए ।

त्यस जग्गामा सरकारले खेलकुदको लागी स्टीडीयम,तरकारी बजार,मदन भण्डारी स्मिृती भबन बनाएर बाँकी रहेको ३ बिघा जग्गा अहिले करौडौ मुल्यमा बिक्री हुने हुदाँ त्यो जग्गा को लागी स्थानीय चौधरी समुदाय हरुले कसैले मेरो कसैले तेरो भन्दै लालपुर्जा समेत नभएको उक्तm जग्गा साधारण कागज गरी पैसा लिए।

लालपुर्जा आएपछी पास गर्ने शर्तमा भु माफीया हरुको चलखेलमा पर्दे बिदेशबाट आएका,पहाड बाट बसोवास गर्ने गाईघाट झरेका मानीस ले धमाधम किनरहेका ले आफुले पनी २० लाख पर्ने जग्गा लाई सस्तैमा पाएकोले ६ लाखमा आधा कट्ठा लिएको स्थानीय राजु राउतले बताए।

करौडौ मुल्य पर्ने जग्गाको बिषयलाई चुनाबको समयमा स्थानीय जनप्रतिनीधी हरुले आफुले जितेमा जग्गाको लालपुर्जा आउने चुनाबी नारा लगाएर चुनाब जीतेका कारणले पनी जग्गा कीनबेच भएको स्थानीय नागरीक समाजका अगुवा ज्ञान बहादुर बस्नेत ले बताए,उता सो जग्गा हाम्रो बाजेको नाममा रहेको तर लालपुर्जा मात्र नभएको भन्दै अब स्थानीय सरकारले लालपुर्जा दिनुपर्ने स्थानीय दुर्गानन्द चौधरी ले बताए ।

कागज गरी बेचीएका सो जग्गा हरुमा हाल साना घर टहरा हरु धमाधम बनीरहेका छन,उता मालपोत कार्यालयका प्रमुख भने जनप्रतिनीधी हरु आएपछी झन जग्गा अतिक्रमण तथा जग्गा हडप्ने गिरोह नै लागीपरेका छन,उनले भने किन्ने ले पनी कसरी कीनेका छन कसरी पैसा दिएका छन जब लालपुर्जा बिनाको जग्गा यसरी किनबेच हुदाँ भोलीका दिनमा सो जग्गा सरकारले खाली गराउदाँ किन्नेको पैसा त्यसै जाने भएकाले यसमा सबै पक्ष नगरपालीका,मालपोत,नापी,सुकुम्बासी आयोग र प्रहरी प्रशासन सबै मीलेर बेलैमा समाधान गर्ने सके यस्ता सार्बजनीक जग्गाहरुको अतिक्रमण रोकीने र समस्या हल गर्ने सकीने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?