त्रिविले स्ववियु चुनावको तयारी थाल्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
त्रिविले स्ववियु चुनावको तयारी थाल्यो

सारांश

  • कीर्तिपुर (२३ पौष)÷त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ ।
  • त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो ।
  • स्व.

कीर्तिपुर (२३ पौष)÷त्रिभुवन विश्वविद्यालयले सबै आङ्गिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको पूर्व तयारी गर्न निर्देशन दिएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतवार उपत्यका भित्र र बाहिरका सबै आङ्गिक क्याम्पसहरुलाई परिपत्र गर्दै सो निर्देशन दिएको हो । स्व.वि.यु. निर्वाचनको पूर्व तयारी गर्नेसम्बन्धि परिपत्रमा ‘त्रिविका क्याम्पसहरुमा २०७३ फागुन १८ गते भएको स्व.वि.यु. निर्वाचनबाट निर्वाचित एवं सदस्यहरुको २ वर्षे कार्यकाल समाप्त हुने भएको हुँदा भएको हुँदा २०७५ फागुन महिनामा हुने स्व.वि.यु. निर्वाचनको पुर्व तयारी गर्न गराउनु हुन’ भनी उल्लेख गरिएको छ । त्रिविका आङ्गिक क्याम्पसहरुमा स्ववियु निर्वाचन दुई दुई वर्षमा गर्ने व्यवस्था रहेको छ । दुई वर्ष अगाडि त्रिविले पहिलो पटक विद्यार्थीको उमेर हद २८ वर्ष कायम गरी स्ववियु निर्वाचन गराएको थियो । अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसहरुमा समेत यस वर्ष विद्यार्थी संघ संगठनहरुको सहमतिमा निष्पक्ष ढँगले स्ववियु निर्वाचन हुने अपेक्षा त्रिविले लिएको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयको परिपत्र डाउनलोड गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?