थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
थानकोट–चित्लाङ सडक निर्माणमा भएको अनियमितता रोक्न उद्योगमन्त्री नेपालको निर्देशन

सारांश

  • काठमाडौं ।
  • थानकोट–चित्लाङ सडक आयोजनाको पानीघाट–चन्द्रागिरी सडकखण्ड स्तरोन्नतिका नाममा मनलाग्दी तवरले वनपैदावरको निकासी भएकोप्रति प्रदेश नम्बर तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले गम्भीर आपत्ति प्रकट गरेका छन् ।
  • र उनले तत्काल वनपैदावर निकासी रोक्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएका छन् ।

काठमाडौं । थानकोट–चित्लाङ सडक आयोजनाको पानीघाट–चन्द्रागिरी सडकखण्ड स्तरोन्नतिका नाममा मनलाग्दी तवरले वनपैदावरको निकासी भएकोप्रति प्रदेश नम्बर तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले गम्भीर आपत्ति प्रकट गरेका छन् । र उनले तत्काल वनपैदावर निकासी रोक्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएका छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका र मकवानपुरको थाहा नगरपालिका जोड्ने उक्त सडकखण्ड विस्तारको ठेक्का पाएको किँरातेश्वर कन्ट्रक्सन एण्ड ड्रिलिङले जिल्ला वन कार्यालय काठमाडौंसँग गरेको सम्झौता नै स्थानीय र वन पैदावर संरक्षको मर्मविपरीत भएको निष्कर्ष निकाल्दै मन्त्री नेपालले तत्काल वन पैदावरको निकासी रोक्न निर्देशन दिएका हुन् ।

मकवानपुर र काठमाडौंका जनप्रतिनिधिसँगै सरोकारवालाहरुको छलफलपछि सडक स्तरोन्नतीका नाममा वनबाट उत्पादित सामग्रीहरु अतिसस्तो मूल्यमा निकासी भइरहेको तथ्य सार्वजनिक भएको हो । उक्त सडक विस्तारका क्रममा करिब ८३ हजार घनमिटर ढुंगा उत्खनन हुने अनुमान गरिएको छ । जुन ढुंगा प्रतिघनमिटर ३ सय ५० रुपैयाँ दरले निकासी भइरहेको थियो । जुन प्रचलित मूल्य भन्दा एकदम कम हो ।

मन्त्रालयको समन्वयमा भएको छलफलमा स्थानीयसँगै सम्पूर्ण सरोकारवालाले सस्तो मूल्यमा ढुंगा निकासी गरेर पछि महंगो मूल्यमा किन्नपर्ने स्थिति रहेकोप्रति चिन्ता व्यक्त गरेका थिए । अहिलेकै अवस्थमा ढुंगालगायत वनबाट उत्पादित सामग्री सस्तो मूल्यमा बिक्रि गर्ने र पछि आवश्यक पर्दा महंगो मूल्यमा किन्दा राज्यलाई करोडौं रुपैयाँ घाटा लाग्ने निश्चित छ । प्राकृतिक स्रोतलाई सस्तो मूल्यमा लिलामी बिक्री गरी महंगो मूल्यमा खरिद गर्दा कारोबारी मोटाउने तर राज्यलाई ठूलो नोक्सानी हुनेप्रति काठमाडौं र मकवानपुरका जनप्रतिनिधिले चिन्ता व्यक्त गरेका थिए ।

मन्त्रालयको समन्वयमा आयोजिक कार्यक्रममा प्रतिनिधिसभाका सांसद विरोध खतिवडा, प्रदेश सांसद रमा आलेमगर र पार्वती सिलवालसँगै स्थानीय तहका प्रमुख/उपप्रमुखलगायत थुप्रै सरोकारवालाको सहभागिता थियो ।

कार्यक्रमपछि मन्त्री नेपालले दिएको निर्देशनले स्थानीयसँगै सरोकारवाला खुसी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?