दर्शनको लागि गएका वडा अध्यक्ष बोहराको लेक लागेर मृत्यु“`

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
३६ पटक हेरिएको
Shares
दर्शनको लागि गएका वडा  अध्यक्ष  बोहराको लेक लागेर मृत्यु“`

सारांश

  • अछामको मेल्लेख गाँउपालिका–५ का वडा अध्यक्ष रामबहादुर बोहराको लेक लागेर मृत्यु भएको छ ।
  • सुदुरपश्चिमको प्रशिद्ध धार्मिक तिर्थस्थल बाजुरामा रहेको बढीमालिका मन्दिरमा साउन शुक्ल चतुर्दसीका दिन लाग्ने मेलामा दर्शनको लागि जाने क्रममा शनिवार लेक लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • मन्दिर पुग्न डेढ दुई घण्टा मात्र बाँकी रहने स्थान बाजुराको त्रिवेणी नगरपालिका ९ लौरी विनायाक भन्ने ठाँउमा उनको शनिवार राती ८ बजेतिर मृत्यु भएको थियाे ।

अछामको मेल्लेख गाँउपालिका–५ का वडा अध्यक्ष रामबहादुर बोहराको लेक लागेर मृत्यु भएको छ ।

सुदुरपश्चिमको प्रशिद्ध धार्मिक तिर्थस्थल बाजुरामा रहेको बढीमालिका मन्दिरमा साउन शुक्ल चतुर्दसीका दिन लाग्ने मेलामा दर्शनको लागि जाने क्रममा शनिवार लेक लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मन्दिर पुग्न डेढ दुई घण्टा मात्र बाँकी रहने स्थान बाजुराको त्रिवेणी नगरपालिका ९ लौरी विनायाक भन्ने ठाँउमा उनको शनिवार राती ८ बजेतिर मृत्यु भएको थियाे ।

मेल्लेख गाँउपालिकाबाट घटना स्थलको दुरी दुइ, तीन दिनको पैदल दुरीमा रहेको हुदा शव ल्याउनको लागि नेपाल सरकार गृह मन्त्रालयसँगको समन्वय गरी हेलिकेप्टरबाट ल्याउने तयारी भएको अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

समाजसेवामा समेत सक्रिय बोहरा दोस्रो चरणको स्थानिय निवार्चनमा मेल्लेख गाँउपालिका वडा नम्वर ५ विन्देवासिनीका लागि कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

शसस्त्र प्रहरी वलमा हवल्दार पदमा काम गरिसकेको बोहरा दन्द्धकालमा घाईते भएपछि नेपाल सरकारले आरामको लागि घर पठाएको थियो । मृतकका दुई छोरा एक छोरी र श्रीमती छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?