दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ४, २०७४
|
|
२० पटक हेरिएको
Shares
दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङमा पहिरो: सात घर पुरियो, १२ घर उच्च जोखिममा

सारांश

  • धादिङ : विगत दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङको गँगा जमुना गाँउपालिका वडा नं २ रीगाउँस्थित प्रुन्दुङमा पहिरो खस्दा ७ घर पुरिएको छ ।
  • गाउँमाथिबाट खसेको पहिरोका कारण गाउँका अन्य १२ घर उच्च जोखिममा रहेका छन् ।
  • गत आइतबार रातिदेखिको अवरिल वर्षापछि नै बस्ती माथिबाट ढुङा खस्न थालेपछि १७ घर परिवारले आइतबार मध्यराति नै घर छोडेकाले पहिरोका कारण मानवीय क्षति भने हुन पाएन ।

धादिङ : विगत दुईदिनदेखीको अविरल वर्षाका कारण उत्तरी धादिङको गँगा जमुना गाँउपालिका वडा नं २ रीगाउँस्थित प्रुन्दुङमा पहिरो खस्दा ७ घर पुरिएको छ । गाउँमाथिबाट खसेको पहिरोका कारण गाउँका अन्य १२ घर उच्च जोखिममा रहेका छन् । गत आइतबार रातिदेखिको अवरिल वर्षापछि नै बस्ती माथिबाट ढुङा खस्न थालेपछि १७ घर परिवारले आइतबार मध्यराति नै घर छोडेकाले पहिरोका कारण मानवीय क्षति भने हुन पाएन ।

मानवीय क्षति नभएपनि पहिरोले पुरेका घरका पशुचौपाया मरेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार घरमा भएको अन्नपात र लत्ताकपडा समेत पहिरोमा पुरिएको छ । गएरातिको पहिरोले दाईबहादुर तामाङ, फूर्वा तामाङ, मनोज तामाङ, तिरुवा तामाङ, दलबहामदुर तामाङ, सुकबहादुर र खिमबहादुरको घर पहिरोले पुरेको छ ।

अविरल बर्षाका कारण गाउँमाथिबाट पहाड नै खसेको स्थानीयबासी अनिल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकोले थप घरहरु पनि असुरक्षित छन् ।

२ नम्वर वडाका वडा अध्यक्ष फैसिङ तामाङले भन्नुभयो, ‘पहिरोको जोखिम भएर गाउँलेले आइतबारदखि नै गाउँ छोडेका थिए, मंगलबार दिनभरि जसो पानी परेको थियो, गएराति त पहिरो झरेर बस्तीमै आइपुगेछ ।’ प्रुन्दुङ गाउँ पुग्न धादिङको सदरमुकामबाट डेढ दिनको पैदल यात्रा गर्नुपर्छ ।

भूकम्प लगत्तै उक्त बस्तीको माथीबाट ठुला ठुला पहिरो झरेको थियो । पहिरोको उच्च जोखिमका कारण स्थानीयले पहिलो किस्ता लिए पनि त्यो ठाउँमा नयाँ घर बनाएका थिएनन् । पुरानै घरहरु मर्मत गरी बसेपनि पहिरोको उच्च जोखिम रहेपछि गाउँ नै छाडेका थिए ।

 उत्तरी धादिङको रीगाउँमा पहिरो : सात घर पुरियो, १२ घर उच्च जोखिममा

विस्थापित परिवारलाई रीगाउँमा गत वर्ष निर्माण गरिएको तावल स्थित सुरक्षित सामुदायिक आवासमा सार्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी महेश आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, ‘गत वर्ष नै रीगाउँमा सुरक्षित आवास गृह बनाइएको छ, हामीले पहिरोबाट विस्थापितलाई त्यहा बस्ने ब्यवस्था मिलाउन गंगाजमुना गाउँपालिकालाई निर्देशन दिएका छौँ ।’

प्रुन्दुङ गाउँमा पहिरो खसेपछि बुधबार बिहान जिल्ला दैवि प्रकोप उद्धार समितिको आपतकालीन बैठक बसेर पहिरोबाट विस्थापितले तत्काल सरकारको मामदण्ड अनुसारको राहत, खाद्य सामाग्री, लत्ताकपडाको व्यवस्था गर्न गंगाजमुना गाउँपालिकालाइ भनिएको जिल्लास्थित रेडक्रस उद्योग वाणिज्य संघलाई सहयोगका लागि आग्रह गरिएको छ ।
अन्नपूर्णपोस्ट बाट साभार ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?