दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
दुई पटक मलामी जम्मा भए, भोट दिन लेखेको रहेछ

सारांश

  • असार १४ – तेह्रथुमको आठराई गाउँपालिका ४ इवाका रत्नमान लामालाई दमको समस्या छ ।
  • २०४९ र २०५४ सालका स्थानीय चुनावमा मतदान गरेका लामा झण्डै २० वर्ष पछि हुँदै गरेको चुनावको मिति घोषणा भएपछि पनि पटक पटक सिकिस्त बिरामी पर्नुभयो ।
  • दुई महिना अघि मात्रै पनि उहाँ बेहोस भएपछि गाउँका छरछिमेकी मलामीका लागि जम्मा भए ।

असार १४ – तेह्रथुमको आठराई गाउँपालिका ४ इवाका रत्नमान लामालाई दमको समस्या छ ।

२०४९ र २०५४ सालका स्थानीय चुनावमा मतदान गरेका लामा झण्डै २० वर्ष पछि हुँदै गरेको चुनावको मिति घोषणा भएपछि पनि पटक पटक सिकिस्त बिरामी पर्नुभयो । दुई महिना अघि मात्रै पनि उहाँ बेहोस भएपछि गाउँका छरछिमेकी मलामीका लागि जम्मा भए ।

तर गाउँलेले मलामी जानु परेन । बरु उनै रत्नमानले यसपटक पनि मतदान गर्न पाउनु भएको छ । ‘मेरो भाग्यमा यो पटक पनि मतदान गर्न पाउनुपर्ने लेखेको रहेछ, त्यसैले मलामी जम्मा भएपछि पनि बौरिएँ र मतदान गर्न पाएँ,’ उहाँले भन्नुभयो । मतदान केन्द्रमा श्रीमती विष्णुमाया लामासँग मतदान गर्न आएका रत्नमानले गाउँको विकासका लागि सक्षम लागेका उम्मेद्वारलाई भोट दिएको बताउनुभयो ।

‘राम्रो मान्छेलाई मत दिएको छु, विकास गरेको देख्न पाउछु कि पाउँदिन, तैपनि खुसी छु,’ उहाँले भन्नुभयो । यसअघि चुनेका प्रतिनिधिले गाउँमा आफूले चाहेको जस्तो विकास नगरेको उहाँले बताउनुभयो ।

श्रीमती विष्णुमायाले श्रीमानले मतदान गर्न पाउनुहोला भन्ने नसोचेको बताउनु भयो । ‘चुनावको मिति तोकिए पछि पनि उहाँलाई विरामले धेरै च्याप्यो, तर मतदान गर्न जुरेको रहेछ,’ उहाँले हाँस्दै भन्नुभयो । दुई वर्ष अघि र दुई महिना अघि दुई पटक मृत्युको मुखबाट फर्कने शक्ति भगवानले दिएको  विष्णुमायाको भनाई छ ।

लामाको विरामका कारण गाउँले ८ वर्षदेखि चिन्तित छन् । पटक पटक मलामीका लागि जम्मा हुनुपर्ने अवस्था आउने गरेको छिमेकी श्यामकुमार भट्टराईले बताउनुभयो । इवा मतदान केन्द्रमा लामा जस्तै धेरै जना वृद्धवृद्धाहरुले मतदान गरेका मतदान अधिकृत विजय इङनामले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
भारतमा एकैदिन ३४ हजार ९५६ संक्रमित, कुल संक्रमित संख्या १० लाख नाघ्यो
लिखु संगम बचत तथा ऋण  सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे आठाै साधारण सभा सम्पन्न !
बाम गठबन्धनबाट ओली प्रधानमन्त्री
बाम गठबन्धनबाट ओली प्रधानमन्त्री
१२ वर्षकै उमेरमा आमा बन्न लागेपछि प्रधानमन्त्रीकाे चासाे
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको औपचारिक उद्घाटन: परीक्षणकाल सुरु, आपत्कालीन सवारीलाई मात्र प्रवेश
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया र आयोजक भारतबीच भिडन्त हुने
सुनको भाउ बढयो, मंगलबार कतिमा हुदैछ कारोबार ?
सुनको भाउ बढयो, मंगलबार कतिमा हुदैछ कारोबार ?
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
मेयर विरुद्ध उपमेयर अनसनमा, नगरपालिका कहाँ राख्ने भन्ने विवाद
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)