देउवाकै छहारीमा फर्किए ‘टुहुरा’ नेता
सारांश
- काठमाडौं, २७ चैत ।
- नेता खुमबहादुर खड्काको निधनपछि कुन लाइनमा उभिने भन्ने दोधारमा थिइन् अर्घाखाँचीकी कांग्रेस नेत्री पुष्पा भुसाल ।
- पार्टीका विभिन्न तह र तप्काका आफ्ना संगिनीसँगको परामर्श पनि उनी सभापति शेरबहादुर देउवाको पक्षमा उभिन राजी भइन् ।
काठमाडौं, २७ चैत । नेता खुमबहादुर खड्काको निधनपछि कुन लाइनमा उभिने भन्ने दोधारमा थिइन् अर्घाखाँचीकी कांग्रेस नेत्री पुष्पा भुसाल । पार्टीका विभिन्न तह र तप्काका आफ्ना संगिनीसँगको परामर्श पनि उनी सभापति शेरबहादुर देउवाको पक्षमा उभिन राजी भइन् ।
यस्तो अवस्थामा पुग्नुको प्रमूख कारण उनले खुमबहादुर गुटको उत्तराधिकारी नभेट्नु पनि हो । उत्तराधिकारीका रूपमा हेरिएका पूर्व सहमहामन्त्री पूर्णबहादुर खड्काको ‘मौकामा चौका’ हान्ने दाउ देखेपछि भुसाल देउवाइतर जान सकिनन् ।
भुसालसँगै कांग्रेसका नेताहरू अजयराज चौरसिया, शंकर भण्डारीलगायत पनि देउवा गुटमा प्रवेश गरेका छन् । ‘पार्टीका हरेक काममा देउवाको पक्षमा उभिने उनीहरूले बताइसकेका छन्’, कांग्रेस स्रोतले भन्यो ।
कांग्रेस विभाजनका बेला देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका दोस्रो वरियतामा खुमबहादुर थिए । उनकै पछि–पछि लागेका नेताहरूले महामन्त्री शशांक कोइरालालाई पनि पत्याएनन् । गुटमै ‘टुहुरा’ भइसकेका उनीहरूले कमजोर रूखभन्दा ठूलो छहारी रोजेका हुन् ।
खड्काको पक्षमा केन्द्रीय सदस्यहरू दाङकी पार्वती डिसी चौधरी, कैलालीकी ईश्वरी पौडेल, सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेत पनि लागेका थिए । सबै केन्द्रीय सदस्यहरू देउवाको पक्षमा उभिने भएपछि देउवालाई पार्टीका हरेक निकायलाई पूर्णता दिन समेत सहज हुने भएको छ । खड्काको अडानका कारणले निर्णय गर्न नसकेका देउवाले अब पदाधिकारी नियुक्तिमा पनि केन्द्रीय समितिको बहुमतले गर्नेछन् । खुमबहादुरको अडानका कारणले नै देउवाले पदाधिकारी नियुक्ति गर्न पाएका थिएनन् ।
देउवाले खड्कालाई उपसभापति दिनुपर्ने माग बढिरहेको थियो । अब विजयकुमार गच्छादारलाई उपसभापति दिएर देउवा पार्टी पदाधिकारीको पूर्णता दिनेमा केन्द्रित छन् ।
सभापति देउवाभन्दा पहिले पार्टी केन्द्रीय कार्य समिति सदस्य भएका खड्का २०५१ सालदेखि भने देउवाभन्दा जुनियर बनाइएका थिए । २०३३ सालमा कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालासँग राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल आएका खड्का पार्टी संगठनमा राम्रो पकड जमाएका हकी स्वभावका भए पनि देउवालाई सँधै साथ दिँदै आएका नेता थिए ।
२०५९ सालमा तत्कालिन प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा महामन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
देउवाले १३ औं महाधिवेशनमा सभापतिमा निर्वाचित हुनको लागि खड्कासँग आफूलाई सभापतिमा निर्वाचित गराएमा उपसभापतिमा नियुक्त गर्ने आश्वासन दिएका थिए ।
देउवाले पार्टीको नेतृत्व लिए पछि केन्द्रीय कार्य समिति, विभाग र अन्य निकायलाई विधान बमोजिम दुई महिना भित्र पूर्णता नदिएको र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको सर्मनाक हार हुँदा समेत जिम्मेवारी नलिएको भन्दै सर्वत्र आलोचना भएको थियो ।
गत बर्ष सरकारमा रहँदा र सरकारको नेतृत्व लिँदा अख्तियारका प्रमुख आयुक्त, प्रधानन्यायाधीशमाथि लगाएको महाभियोग प्रकरण, राजदूत नियुक्ति प्रकरण लगायतका बिषयमा विवादस्पद निर्णय लिएका कारण पार्टीको छवी बिग्रिएर पार्टीले निर्वाचनमा सर्मनाक हार बेहोर्नु परेको भन्दै युवा केन्द्रीय सदस्यहरूले देउवाको वहिर्गमनको माग समेत गरेका थिए । तर देउवाले आफूले निर्वाचन हार्नुको कारण पार्टी नेतृत्वलाई नदिने केन्द्रीय सदस्यहरूलाई जवाफ पनि फर्काइसकेका छन् ।
पार्टी महामन्त्रीको आकांक्षा राखेका नेपाल बिद्यार्थी संघ र नेपाल तरूण दलको अध्यक्ष भइसकेका बालकृष्ण खाँडलाई देउवाले संसदीय दलको प्रमुख सचेतक दिएर चित्त बुझाएका छन् । उनले महामन्त्री हुने आशा गरेपनि पूर्वसहमहामन्त्री तथा खुमबहादुर खड्का गुटको समर्थन भनेर चिनिएका पूर्णबहादुर खड्का र देउवापत्नी डा. आरजुका ज्वाईँ ज्ञानेन्द्रबहादुर कार्कीबीच महामन्त्रीको लागि कडा टक्कर देखिन्छ ।
खड्काले आफूलाई महामन्त्री नबनाए तेश्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला गुटमा लाग्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा खड्काले अर्जुननरसिह केसी र डा. शेखर कोइरालाको समेत सहयोगमा यूवा नेताहरूलाई मिलएर शक्तिशाली गुट बनाउने चेतावनी दिएका छन् ।
उता, पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने देउवा नसच्चिए उनलाई पदबाट हटाउनका लागि कांग्रेसमा कठोर कदम चालिने चेतावनी दिएका छन् । नेतृत्वको अकर्मण्यताका कारणले कांग्रेस कमजोर, बदनाम र इतिहासकै लाचार पार्टी भएको सिंहले बताए ।
उनले केन्द्रीय समितिको बैठकमा सुझावपत्र पेश गर्दै देउवा अहिलेसम्मकै नालायक सभापति समेत भनेका थिए । त्यतिमात्र होइन, तानाशाही र मनपरीतन्त्रमा रमाउने सभापतिबाट पार्टी नचल्ने भन्दै मंगलबारमात्र तम्घासमा उनले देउवाविरूद्ध अभियान हुनसक्ने शंखघोष पनि गरेका छन् ।
Kc Ganesh
अरु दलका नेता नया पाटीमा प्रबेस गर्छन्न ,काङरेसका नेता अाफ्नै नेताका गुणमा प्रबेस हुन्छन ,हेरुम त अचम्म र उल्का ।
Shivanath Maharjan
Ke sunna pareko yo Congress ma 2/3 wata party rahe chha. Aba ta guiness book ma naam lekhaunu parla jasto chha. Congress A Congress B bhanera chhutyadiya hunthyo ni. Yesto garyo bhane Sabhapati ma pani fight garnu zaroorat hundauna.