देउवाको प्रश्न, “राज्यले नै दोषी जोगाउन थाले न्याय माग्न कहाँ जाने ?”

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १०, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १० भदौ ।
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै दोषी जोगाउन थाले न्याय माग्न कहाँ जाने ?
  • भनेर सरकारलाई प्रश्न गरेका छन् ।

काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यले नै दोषी जोगाउन थाले न्याय माग्न कहाँ जाने ? भनेर सरकारलाई प्रश्न गरेका छन् । आइतवार संसदलाई सम्बोधन गर्दै कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको आरोप समेत लगाए ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले भने, “कञ्चनपुर घटनाको अनुसन्धानमा भएको ढिलाइले हामी कस्तो राज्य बनाउन गइरहेका छौं भन्ने प्रश्न उब्जिएको छ”, उनले भने, “दोषीलाई जोगाउन स्वयंं राज्य लाग्दछ भने न्याय माग्न कहाँ जाने ?”

अपराधमा संलग्नलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्नु अपराधको पराकाष्टा भएको सभापति देउवाले बताए । देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए । “राज्यले नै दोषीलाई जोगाउन खोज्दा हजारौं नागरिक सडकमा ओर्लिनु स्वभाविक हो”, देउवाले भने “बालिकाका लागि न्याय माग्दा अर्को बालकले ज्यान गुमाउनुपरेको छ ।”

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको आरोपसमेत लगाए । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर दोहोरो चरित्र देखाएको पनि उनले आरोप लगाए । “न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउने काम भएको छ”, उनले भने ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Jangbu Sherpa

    Timi ni uhi deng ko mulo ta hau.junai joghi aeni kanai chireko…

    Comment Author

    Suren Khatri Cheetri

    India jane holani deuba jiu

    Comment Author

    Pra Kash Bhattarai

    मोदि सङ जा।

    Comment Author

    Ganesh Shakya

    doshi jogaune karya ahile samma kun sarkaar ko palama nabhaekoko chha? Thaha dinus. Dandahinata ko parakastha desh ho yo.

    Comment Author

    Mahavir Bohara

    भॉरत जॉ बुढॉ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?