देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
देउवा सरकारले ल्याएको ‘कर्मचारी स्वेच्छिक अवकास’ ओली सरकारलाई निल्नु न ओकल्नु

सारांश

  • निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ।
  • राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो।
  •  आजको नागरिक दैनिकमा अर्जुन सुवेदीले खबर लेखेका छन् ।

निजामती कर्मचारी स्वेच्छिक अवकाश प्याकेज व्यवस्थापन सरकारका लागि टाउको दुखाइ बनेको छ। राज्यलाई भार पर्ने गरी पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको यो कार्यक्रमलाई निरन्तरता दिने कि खारेज गर्ने भन्ने विषयमा वर्तमान सरकार अन्योलमा परेको हो। आजको नागरिक दैनिकमा अर्जुन सुवेदीले खबर लेखेका छन् ।

५० वर्ष उमेर र २० वर्ष सेवाअवधि पूरा भएका कर्मचारीका लागि सात वर्षको ग्रेड थप गरी सातै वर्षको पेन्सन एकमुस्ट दिने गरी अघिल्लो सरकारले स्वेच्छिक अवकाश प्याकेज ल्याएको थियो। स्वेच्छिक अवकाश आवश्यक छ÷छैन? अवकाश पाउन केही दिनमात्रै बाँकी रहेकालाई यस्तो सुविधा दिनुको औचित्य के? सरकारले करोडौं लगानी गरेका कर्मचारीलाई किन उल्टो पैसा दिएर पठाउने? देउवा सरकारले अवकाश प्याकेजका लागि रकम कसरी जुटाउने भन्ने सामान्य अध्ययनसमेत नगरी स्वेच्छिक अवकाश योजना ल्याएका कारण त्यसलाई कार्यान्वयन गर्ने कि खारेज भन्ने विषयमा वर्तमान सरकार अलमलमा छ।

संघीयता लागू भएपछि प्रदेश र स्थानीय तहमा कर्मचारी पठाएर सेवा प्रभावकारी बनाउनुको सट्टा भएकै कर्मचारीलाई किन अतिरिक्त सुविधासहित एकमुस्ट रकम दिएर सेवाबाट बिदा दिनुको औचित्य पुष्टि हुन सकेको छैन। सामान्य प्रशासन मन्त्रालयमा स्वेच्छिक अवकाशमा जान इच्छुक साढे नौ हजार कर्मचारीको आवेदन परेको छ।

प्रधानमन्त्री ओली, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश योजना देशको हितमा नभएको भन्दै खारेज गर्ने बताउँदै आएका छन्। प्रदेशमा खटाइएका कर्मचारीले ४५ दिनसम्म पनि हाजिर हुन अटेरी गरिरहेका बेला स्वेच्छिक अवकाश योजना खारेज गर्दा कर्मचारीबाट विरोध वा असहयोग हुने र कार्यान्वयन गर्दा अर्बाैं रुपैयाँ चाहिन्छ। यो योजना कार्यान्यन भए त्यस्तै अनिवार्य अवकाश हुन केही दिनमात्र बाँकी भएकालाई पनि औचित्यबिनै सुविधा दिनुपर्नेछ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्वेच्छिक अवकाशका लागि ९ हजार ६ सय ५६ जनाले आवेदन दिएका छन्। तीमध्ये करिब ८ हजार आवेदन अध्ययन गर्दा स्वेच्छिक अवकाश लिनेमा पाँच सचिव, ३८ सहसचिव, दुई सय उपसचिव, १६ सय शाखा अधिकृत, दुई हजार एक सय नासु, एक हजार खरिदार र तीन हजार एक सय कार्यालय सहयोगी छन्। करिब १५ सय निवेदन रुजु गर्न बाँकी छ। मन्त्रालयका अनुसार स्वेच्छिक अवकाशका लागि निवेदन दिएकामध्ये अधिकांश केही महिनामै उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Indu Timilshina

    इमानदार ,जन मुखी,र भ्रष्ट नगर्ने कर्मचारी लाई राखेर अरु लाई राख्नु लाई घरमा पठाए हुन्छ

    Comment Author

    Shyam Shubham Giri

    देउपा सरकार ले गरेको सम्पूर्ण निर्णय हरू जनमूखी छन त्यो निर्णय सम्पूर्ण कार्यन्वयन गरेर वली अगाडी बड़े भनि जनता लावान्दित हूनेछन प्रतिश्रोध को आधारमा खारेजी गर्न तिर लाग्यो भनि कम्यूनिष्ट हरूले जनता संग लिदाँ मात्र रहेछ दिंदाँ रहेनछ भन्नि कूरा प्रष्ट हून्छ

    Comment Author

    Bishnu Poudel

    गिरिजी ढुकुटिरित्याइ सकेकोछ येक्मुस्टसुबिधादिने स्रोत काहाबाट्ल्याउने तटस्थ भै सोचौत।फेरिप्रदेशमा नपुग्ने कर्मचारी तत्काल कताबाट्ल्याउने।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?