देशभर चिसो बढ्यो,
सारांश
- काठमाडौं १५ पुस ।
- काठमाडौं उपत्यकासहित देशभरी चिसो अझै बढ्ने भएको छ ।
- केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ ।
काठमाडौं १५ पुस । काठमाडौं उपत्यकासहित देशभरी चिसो अझै बढ्ने भएको छ । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । उपत्यकाको तापक्रम माइनसमा जान सक्ने मौसम पूर्वानुमान शाखाले अनुमान गरेको छ । काठमाडौँ उपत्यकामा २७ पुस ०३४ मा तापक्रम माइनस ३.५ डिग्रीसम्म पुगेको थियो ।
उत्तरपश्चिमी वायुको प्रभावका कारण न्यूनतम तापक्रम घट्दै गएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा हिजोआज तापक्रम दैनिकजसो घटबढ भइरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया