धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
धनगढी उपमहानगरमा कांग्रेस विजयी, स्वतन्त्र उम्मेदवारले दिए निकटको टक्कर

सारांश

  • कैलाली ।
  • कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस फराकिलो मतअन्तरले विजयी भएको छ।
  • कांग्रेसका मेयर उम्मेद्वार नृपबहादुर वड १४ हजार ३२४ मतसहित विजयी भएका हुन्।

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस फराकिलो मतअन्तरले विजयी भएको छ।

कांग्रेसका मेयर उम्मेद्वार नृपबहादुर वड १४ हजार ३२४ मतसहित विजयी भएका हुन्। उनीसँग निकटको टक्करमा उत्रिएका स्वतन्त्र उम्मेदवार गोपाल हमाल अन्ततः २ हजार ७९७ मतअन्तरले पछि पर्दै पराजित बने । हमालको पक्षमा ११ हजार ५२७ मत खसेको थियो। उनले कांग्रेसका विजयी उम्मेद्वारलाइ निरन्तर टक्कर दिएका थिए।

यस्तै उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट १७ हजार ४०८ मतसहित विजयी भएकी छिन्। उनका निकटतम प्रतिद्न्द्वी एमालेकी रुकमणी देवकोटाको पक्षमा १२ हजार ७७३ मत खसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?