धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
धमाधम खुला दिसामुक्त घोषणा तर सडकमै शौच गर्नुपर्ने बाध्यता

सारांश

  • अस्बिन खडका उदयपुर, २० चैत ।
  • खुला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानविन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ ।
  • शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्लास्तरीय सरसफाई स्वच्छता समन्वय समितिले कानूनी बाटो अख्तिायार गर्ने प्रयास गरेको छ ।

अस्बिन खडका

उदयपुर, २० चैत । खुला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानविन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्लास्तरीय सरसफाई स्वच्छता समन्वय समितिले कानूनी बाटो अख्तिायार गर्ने प्रयास गरेको छ ।

घरघरमा शौचालय निर्माण गराई खुला दिसामुक्त बनाउने बताएपनि जिल्लाका अधिकांश स्थानीय तहमा ४० प्रतिशत घरधुरीमा शौचालय निर्माण नै नभएपनि हचुवाको भरमा धमाधम खुला दिसामुक्त घोषणा गरिएको छ ।

अधिकांश घरमा शौचालय नबनेका स्थानीय तहलाई समेत हतारहतार खुला दिसामुक्त घोषणा गरिएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा व्यापक आलोचना भइरहेको छ । करिब १ सय डोम र मेहतरको बसोबास रहेको यो टोलमा अधिकांश घरमा शौचालय छ । तर, सबै शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ । गाउँभरि हिलो र फोहोरको दुर्गन्ध छ । छाडा छाडिएका सुँगुरले फोहोरलाई यत्रतत्र फैलाइरहेको देखिन्छ । यसबाहेक घरभित्रको फोहोर जथाभावी फ्याँकेर गाउँ नै फोहोर बनाइएको कक्षा ११ मा अध्ययनरत सागर मेहतर बताउँछन् । राजविराज नगरपालिका– ७ का अध्यक्ष प्रेम यादवले भने मेहतर टोलको सफाइका लागि आफू गम्भीर भएर लागेको बताए । कारागारका शौचालयमा हज निर्माण तथा फोहोर व्यवस्थापनको कार्य सुरु भइसकेको उनले जानकारी दिए ।

सप्तरी सदरमुकाम समेत रहेको राजविराज नगरपालिका– १२, सिंग्यौनस्थित मुसहरीका रुनाई सदाको परिवार यिनै मध्येको एक हो । दिनदिनैको कचकच र अपमान सहन नसकेर रुनाईले भान्सामै शौचालय निर्माण सुरु गरेका छन् । “शौचालय बनाउनुपर्छ भन्ने बाहेक अर्को कुरै सुन्दैनन्”, रुनाई भन्छन्, “अर्को ठाउँ थिएन, भान्सा छेउँमै प्यान गाडेर राखेको छु । पूरा गर्न बाँकी छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा उत्तेजक नृत्यको प्रदर्शन, सम्मान कार्यक्रम र बेलुकी राजमार्ग क्षेत्रदेखि सदरमुकामसम्म मदिरापानमै कार्यक्रम सीमित रहन पुगेको दलिलसहित त्यसको पनि छानबिन गर्न माग गरिएको छ ।

सप्तरीमा पूर्णरुपमा चर्पी निर्माण नै नभएपनि धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने नाममा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायहरु कामै नगरी जस कमाउने दाउँमा मात्र सक्रिय देखिएका छन् । जिल्लाका अधिकांश स्थानीय तहहरु निर्धारित अवधिमा खुला दिसामुक्त हुन नसकेपछि कागजमै भएपनि खुला दिसामुक्त क्षेत्र घोषणा गरेर जस कमाउन सरोकारवाला निकायदेखि जनप्रतिनिधिहरु समेत सक्रिय भएको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रालय भागवण्डा टुंगाउन वाम गठबन्धन र फोरम नेताहरु आज वैठक बस्दै
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
अभिनेत्री शिल्पा मास्के भन्छिन् : पात्र र कलाकार फरक हुन्
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
जितपछि बालेनले भने: काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु
प्रधानमन्त्री ओलीले चीन भ्रमणकोबेला बाेलेकाे बाेलि पुरा हुंदै
राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
संसद् भवन अगाडि आत्मदाहको प्रयास
संसद् भवन अगाडि आत्मदाहको प्रयास
टिकट काउन्टरमा ‘सुराकी प्रहरी’
टिकट काउन्टरमा ‘सुराकी प्रहरी’
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
भारतले निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेपछि विश्वभरि औषधिको अभाव हुने भय
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
इजरायलमा अक्टोबर ७ स्मरण : गाजा युद्ध अन्त्यका लागि वार्ता जारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी

तपाईंले छुटाउनुभयो कि?