नयाँ आइजिपीका लागि दौड सुरु, को बन्ला !
सारांश
- काठमाडौं – नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ।
- उनको कार्यकाल सकिनैलाग्दा नयाँ आइजिपीका लागि दौड सुरु भएको छ।
- सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधामा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो।
काठमाडौं – नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिँदै छ। उनको कार्यकाल सकिनैलाग्दा नयाँ आइजिपीका लागि दौड सुरु भएको छ।
सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधामा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो। तर, २०४९ सालयता कार्यक्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आइरहेको छ। बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएको संसदीय निर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले रत्नशमशेर जबरालाई प्रहरी महानिरीक्षकबाट हटाएर मोतीलाल बोहोरालाई त्यो जिम्मेवारी दिए।
त्यहींदेखि आइजिपी चयन राजनीतिक दाउपेचको विषय बन्दै आएको छ। पछिल्ला वर्षमा त यो विषय झन् पेचिलो बन्दै गइरहेको छ। संयोग कस्तो भने नेपाली कांग्रेसको तत्कालीन नेतृत्वबाट सुरु भएको प्रहरी नेतृत्वमा हस्तक्षेपको प्रकरण गत वर्ष उसकै कारण छताछुल्ल भयो। पुष्पकमल दाहाल नेतृत्वको सरकारमा कांग्रेसले गृहमन्त्री सम्हालिरहेका बेला शेरबहादुर देउवाको दबाबमा रोलक्रममा तीन नम्बरमा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि राजनीतिक हस्तक्षेप सतहमै देखिएको हो। त्यतिबेला अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) नभएपछि डिआइजीबाट आइजिपी बनाइएको हो।
यसपटक के होला ?
गत वर्ष भएको आइजिपी नियुक्तिको विषय सेलाउन नपाउँदै भावी आइजिपी नियुक्तिको विषयमा बहस सुरु भएको छ। सामान्यतः आइजिपी रोलक्रममा अगाडि रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बाटै बनाउने चलन छ। तर यसपटक आइजिपीसँगै एआइजीहरुले पनि एकैपटक अवकाश पाउन लागेकाले डिआइजीबाट बनाउनुपर्ने भएको छ। वर्तमान महानिरीक्षक अर्याल पनि डिआइजीबाटै आएका हुन्।
यसपटक आइजिपीको दौडमा डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुस्कर कार्की छन् । रोलक्रममा खनाल पहिलो नम्बरमा छन्। यी तिनैजना २०४६ सालमा एकैपटक प्रहरी निरीक्षक बनेका हुन्।
आजको नागरिक दैनिकमा खबर छ ।
Joglal Dangol
रमेश खरेल आइजी भयो भने बल्ल बिना ब्रिफकेस पनि प्रमोशन हुने चलन आएछ भनि आम नागरिकले बुझे हुने भो ? नत्र त ………. ?
Shrijana Khadka
Ramesh kheral
Ganeshhimal Mamba
khanal igp 100%
Pramesh Bishwas
Ramesh kharel
Tilak Khatri
Creative mind ta khanal nai holan
Rupesh Shrestha
सर्बेन्द्र खनाल
Jitu Gaha
रमेश
Ram Raja Tiwari
सर्बेन्द्र खनाल हुनु पर्छ!
Ram Raja Tiwari
सर्बेन्द्र खनाल हुनु पर्छ!
Chhantyal Khagen
Ramesh
Man Bahadur
Ramesh kharel is right person for igp