नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नयाँ वर्षको अवसरमा ‘नारायणगढ फुड फेस्टिबल’

सारांश

  • रत्ननगर, चितवन, ३० चैत, नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ ।
  • नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो ।
  • अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवसरमा खाना महोत्सव आयोजना गरिएको शाक्यले बताउनुभयो ।

रत्ननगर, चितवन, ३० चैत, नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ ।

नारायणगढको क्याम्पाचौरमा बिहीबारदेखि शुरु भएको फुड फेस्टिबल (खाना महोत्सव) आगामी वैशाख ३ गतेसम्म जारी रहने महोत्सव संयोजक ज्ञानेन्द्रमान शाक्यले जानकारी दिनुभयो । अंग्रेजी नयाँ वर्ष व्यापक रुपमा मनाइने तर विक्रम संवत्को नयाँ वर्ष मनाउने क्रम हराउँदै गएको सन्दर्भमा नेपाली नयाँ वर्षका अवसरमा खाना महोत्सव आयोजना गरिएको शाक्यले बताउनुभयो ।

बिहीबार साँझदेखि शुरु भएको महोत्सवको उद्घाटन भरतपुर महानगरपालिकाका प्रमुख रेणू दाहालले गर्नुभएको थियो । नेवाः पुचः नारायणगढको आयोजनामा भइरहेको यो महोत्सवमा विभिन्न खानाका परिकारसहित ६० वटा स्टल राखिएका छन् भने चार वटा विशेष स्टल रहेका छन् ।
फेस्टिबलमा करीब रु २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । ‘क्याम्पाचौर जाऔँ, नयाँ वर्ष मनाऔँ’ भन्ने मूल नाराका साथ आयोजना भएको खाना महोत्सवमा नेवारीलगायत विभिन्न जातजातिको खाना प्रदर्शन गरिएको छ । यस अतिरिक्त राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगीतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।
यसअघि नेवाः पुचःले चितवन महोत्सवका बेला खाना महोत्सव गर्दै आएको थियो ।

(https://flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलले सरकारलाई ४२ अर्ब रुपैयाँ नतिरेसम्म लाभांश लैजान नपाउने
एनसेलले सरकारलाई ४२ अर्ब रुपैयाँ नतिरेसम्म लाभांश लैजान नपाउने
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
निर्माणाधीन नुवाकोटको साततले दरबार
निर्माणाधीन नुवाकोटको साततले दरबार
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा
भरतमोहन अधिकारी  :  पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
निरन्तर विभाजनले खुम्चियो राप्रपा
निरन्तर विभाजनले खुम्चियो राप्रपा
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
ट्राफिक प्रहरी नायव निरीक्षक  अख्तियारकाे फन्दामा
ट्राफिक प्रहरी नायव निरीक्षक अख्तियारकाे फन्दामा

तपाईंले छुटाउनुभयो कि?