नयाँ शक्तिमा पार्टी छाड्ने क्रम जारी
सारांश
- काठमाडौं ।
- नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् ।
- शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।
काठमाडौं । नयाँ शक्तिका प्रभावशाली नेताहरूले पार्टी छाड्ने क्रम जारीरहेका बेला सो युवा नेताहरूले समेत सङ्गठन परित्याग गरेका छन् । शनिबार नयाँ शक्तिका प्रदेश नम्बर ३ युवा अभियानका सहसंयोजक दीपक विकको नेतृत्वमा एक समूहले सङ्गठन परित्याग गरेको छ ।
नयाँ शक्ति युवा अभियान छाडेका नेताहरू नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाईसीएल)मा प्रवेश गरेका छन् । विकको नेतृत्वमा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिका ४५० भन्दा बढी युवा नेता तथा कार्यकर्तालाई माओवादी वाईसीएल इन्चार्ज मणि थापाले स्वागत गरे ।
स्वागत कार्यक्रममा इन्चार्ज थापाले सम्पूर्ण नेपाली जनता अग्रगमनको पक्षमा ध्रुवीकरण हुनु जरुरी रहेको बताए । वाईसीएलको महाधिवेशन आगामी भदौ २ गतेदेखि सुरु हुँदैछ ।
प्रतिक्रिया