नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित

सारांश

  • मलंगवा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनको परिधिभित्र रहेर काम नगर्ने कर्मचारीलाई जागिर छाडेर घर बस्न सुझाव दिएका छन् ।
  • राज्यको ढुकुटीबाट तलब भत्ता खाने कर्मचारी राष्ट्रका सेवक रहेको उनले बताएका छन् ।
  • शुक्रबार सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री पण्डितले कार्यालय नगई लुकीछिपी तलब भत्ता खाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।

मलंगवा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती सेवा ऐनको परिधिभित्र रहेर काम नगर्ने कर्मचारीलाई जागिर छाडेर घर बस्न सुझाव दिएका छन् । राज्यको ढुकुटीबाट तलब भत्ता खाने कर्मचारी राष्ट्रका सेवक रहेको उनले बताएका छन् । शुक्रबार सर्लाही सदरमुकाम मलंगवामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री पण्डितले कार्यालय नगई लुकीछिपी तलब भत्ता खाने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।

‘जागिर खानेबेलामा चौबिसै घण्टा देश र जनताको सेवा गर्छु भन्ने, नियुक्ती पाएपछि पायक पर्ने स्थानमा मात्र खाज्ने ?’,मन्त्री पण्डितले भने, ‘अब राज्यले खटाएका स्थानमा नजाने कर्मचारीले जागिर नगरे हुन्छ ,दरबन्दी भएको ठाउँमा जुनसुकै हालतमा पुग्नु पर्छ । काठमाण्डौमा बसेर, पायक पर्ने ठाउँमा मात्र बसेर तलब भत्ता खान पाउँदैन् ।’

लुकीछिपी बस्ने र कार्यालय नै नगई तलब भत्ता खुवाउने कार्यालय प्रमुखलाई समेत आफुले कारवाही गर्ने मन्त्री पण्डितले चेतावनी दिए । उनले कार्यालय नआउनेलाई ऐन नियम अनुसार हटाउने तयारी भइरहेका बताए । मन्त्री पण्डितले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी मात्र दरबन्दी रहेको स्थानमा गइरहेको बताउँदै एक महिनाको भित्रमा सयमा सय प्रतिशत कर्मचारी कार्यालय पुग्नु पर्ने स्पष्ट पारे । उनले दरबन्दी रहेको स्थानमा जान भन्दा मन्त्रीले जथाभावी ग¥यो भनेर आरोप बताए ।

‘सुध्रिएर काम गर्ने कर्मचारीलाई राज्यले जुनसुकै बेलापनि सहयोग गर्छ । तर अटेर गर्नेको अब खैर छैन् ,’उनले चेतावनी दिदै भने, ‘देश संघिय संरचनामा गएको छ ,अब केन्द्रित होइन् की स्थानीय तहसम्म सर्वसुलभ रुपले जनताले सेवा पाउनु पर्छ । राज्यबाट बितरण हुने सेवा सुबिधा जनताको घर दैलोसम्म कसरी पु¥याउने कर्मचारीले सोच्नु पर्छ ।’

मन्त्री पण्डितले अवकाशको विषयलाई लिएर आन्दोलन गर्ने कर्मचारी सरकारलाई घुँडा टेकाउने सोचमा रहेपनि कुनै पनि हालतमा त्यो पूरा नहुने बताए ।
उनले भने,‘अहिलेको सरकार अस्थायी सरकार होइन् ,स्थायी सरकार हो, समस्या र आन्दोलनबाट डराउनेवाला छैन् । विकासलाई रोकेर अरबौ रुपैयाँ खर्चगरी कर्मचारीलाई बिदा गर्ने पक्षमा सरकार नरहेको पण्डितले बताए ।

काम नगरी बढी सेवा सुविधा लिने उद्देश्यले कर्मचारीले गरेको आन्दोलनको कुनै अर्थ नरहेको मन्त्री पण्डितको भनाई छ । उनले नयाँ संरचना अनुसार एक महिनाभित्र सबै ठाउँमा कर्मचारी पुगिसक्ने दाबी गरे । मन्त्री पण्डितले अपुग भएको ठाउँमा प्रविधी मैत्री र सक्षम नयाँ युवा जनशक्ति नियुक्ती गरेर भएपनि जनताको सेवा र विकासलाई गति दिने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पण्डित बिहीबार साँझ पारिवारिक भेटघाटका लागि मलंगवा आएका थिए ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Himalsangita Biplav

    Yahi hola niyam

    Comment Author

    धिरज बोहरा काजी

    जो मन्त्री आएनी कर्मचारी कै पछि लाग्छन।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
विश्वकप क्रिकेट : नेपाल भारतसँग १३२ रनले पराजित
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुँदै खोप्रालेक
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
प्रधानमन्त्री प्रचण्डद्वारा आपसी विश्वास, साझेदारी र एकताबद्ध भएर अघि बढ्न विश्व समुदायसँग अपिल
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : नेपाल
राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौँ : नेपाल
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
आज कति छ विदेशी मुद्राको विनिमय दर ?
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराउने चिनियाँ नागरिक पक्राउ
घरेलु मैदानमा नेपाल पराजित
घरेलु मैदानमा नेपाल पराजित
महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ
महामन्त्री शशा‌ंक कोइरालाले बोलाए लन्च मिटिङ

तपाईंले छुटाउनुभयो कि?