नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
३७८ पटक हेरिएको
Shares
नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान:चितवनमा घडा थापेर स्थानीयले स्वागत गरे

सारांश

  • नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवन प्रवेश गरेको छ ।
  • बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् ।
  • टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान शनिबार मकवानपुरबाट चितवन प्रवेश गरेको छ । बिहान हेटौंडाको हुप्रचौरबाट अघि बढेको अभियान टोलीलाई राजमार्गका मनहरी लगायतका बजारमा स्थानीय एमाले कार्यकर्ता र समर्थकले स्वागत गरेका छन् ।

टोली चितवन प्रवेश गर्दा लोथरमा सोही क्षेत्रबाट निर्वाचित सांसद तथा एमाले नेता सुरेन्द्र पाण्डे, जिल्ला अध्यक्ष कृष्णभक्ता पोखरेलसहितका नेता कार्यकर्ताले स्वागत गरेका थिए । लोथरबाट अघि बढेको एमालेको र्‍यालीले करीव १२ किलोमिटर राजमार्ग ओगटेको प्रहरीले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार हेटौंडामा कम्तिमा १० किलोमिटर राजमार्ग एमालेको अभियानका गाडी,मोटरसाइकल र अन्य सवारी साधनले ढाक्नुपर्ने निर्देशन दिएबमोजिम एक घर एक साधनका हिसाबले चितवनबाट सहभागी जुटेको  छ।
एमालेको अभियान चितवन प्रवेश गरेपछि राजमार्ग क्षेत्रमा ुएक घर एक घडा थापेर स्थानीयले स्वागत गरेका छन् । प्रत्येक घरबाट मोटरसाइकल र सवारी साधनसहित मानिसहरु अभियानमा थपिँदा एमालेको र्‍यालीमा दश हजार भन्दा बढीको सहभागिता रहेको थापाको दाबी छ ।

र्‍यालीको नेतृत्व एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल लगायतले गरेका छन् । अध्यक्ष ओली भने भरतपुरमा छन् ।

भण्डारा हुँदै नारायणी नदी किनारामा पुगेर जनसभा हुने एमाले प्रचार विभागका सचिव बिष्णु रिजालले बताए ।
नारायणगढको जनसभापछि सबैभन्दा ठूलो आमसभा नवलपरासीको कावासोतीमा तयारी भइरहेको एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले बताए । कावासोतीमा ५० हजार मान्छेको सहभागितामा मेची महाकाली अभियानको सभा हुने उनले बताए ।

अभियान टोली चितवन प्रवेश गरेपछि स्थानीय थारु गुरुङ मगर समुदायले आ आफ्ना सांस्कृतिक झाँकी सहित नाचगान गरेर स्वागत गरेका छन् । अभियानमा अहिलेसम्मकै सबैभन्दा ठूलो जनसहभागिता चितवनमा देखिएको थापाले बताए ।

फागुन २१ देखि झापाबाट सुरु भएको एमालेको अभियान २३ गते सप्तरीमा भएको झडपपछि तीन दिनका लागि रोकिएको थियो । कञ्चनपुरसम्म पुग्ने यो अभियान शुक्रबार मकवानपुरदेखि पुनः सुरु भएको छ ।
दुई नम्बर प्रदेशमा भने अभियान रोकिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन, ६१ जना सहभागी
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
नेपालसँग मोदीको भावनात्मक सम्बन्ध छ -ऋषि धमला
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
एमाले मंसिरको पहिलो साताभित्र निर्वाचन सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा छ : अध्यक्ष ओली
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
राष्ट्रिय सभामा गुल्मीको दबदबा: विष्णु कुमारी सापकोटासँगै अब चन्द्रबहादुर केसी र रामकुमारी झाँक्रीले पनि पैरवी गर्ने
काठमाडौंमा शनिबारदेखि मनसुन सक्रिय हुने
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निर्णय
प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निर्णय
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम यी चार टेलिभिजनमा प्रसारण हुने
‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम यी चार टेलिभिजनमा प्रसारण हुने
इन्टरनेटबाट महिलामाथि यसरी हुन्छन् हिंसा
इन्टरनेटबाट महिलामाथि यसरी हुन्छन् हिंसा
इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण
इरानको हतियार प्रणालीमा अमेरिकाद्वारा साइबर आक्रमण

तपाईंले छुटाउनुभयो कि?