नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १०, २०७३
|
|
२९७ पटक हेरिएको
Shares
नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भयो

सारांश

  • नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।
  • सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो ।
  • हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।


सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो । हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

तर, एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको अवसर गुमेको हो ।

प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेको नेपालका लागि इमर्जिङ कप एउटा अवसर थियो । जहाँ लिगको आगामी प्रतिद्धन्दी हङकङ र युएईसँग भेट हुनसक्थ्यो । तर नयाँ निर्णयले संभावित अवसरबाट बञ्चित भएको छ ।

क्रिकेट सम्बद्ध अधिकारीका अनुसार सुरुमा आठ देशको नाम आएपनि एकदिवशीय मान्यता नपाएकालाई खेलाउने वहस सँगसँगै सुरु भएको थियो । त्यसमा पनि नेपालमा क्रिकेट संघ निलम्बनमा रहेको र आवश्यक लविङ नपुग्दा यो अवसर गुमेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?