नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
नेपाली कांग्रेसका दुईसय नेता कार्यकर्ताले पार्टी त्यागे !

सारांश

  • कपिलवस्तु, जेठ २५ – नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् ।
  • स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
  • नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् ।

कपिलवस्तु, जेठ २५ – नेपाली कांग्रेसका जिल्ला नेतासहित दुर्यसय कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

स्थानीय तह निर्वाचनमा नगरपालिकाको उम्मेदवार चयनको विषयमा पार्टी नेतृत्वले मनोमानी ढंगले टिकट वितरण गरेको भन्दै महाराजगंज नगरपालिका क्षेत्रका झण्डै २ सय नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी दिर्घनारायण पाण्डेयलाई महाराजगंज नगरपालिकाको मेयर पदमा उम्मेदवार नबनाएको भन्दै नेता पाण्डेयसहितका क्रियाशील सदस्यहरुले पार्टीको साधारण सदस्य समेतबाट राजीनामा दिएको बताएका छन् । यसरी नेता पाण्डेय संगै पार्टी परित्याग गर्नेहरुमा महाराजगंज ईकाई सभापति बलराम यादव, सचिव पशुपति मौर्य, कोषाध्यक्ष हनुमान गुप्ता, क्षेत्रीय सदस्य मुनीराम यादव लगायतका नेताहरु रहेका छन् ।

पछिल्लो संविधान सभा निर्वाचनमा आफू सभासद्को आकांक्षी रहेको, महाराजगंज गाविसका पूर्व अध्यक्ष समेत रही जनताको घरदैलोमा पुगी सेवा गरेको भए पनि आफूलाई पार्टीले मूल्यांकन नगरेका कारण वाध्य भै पार्टी परित्याग गर्नु परेको बताएका छन् । नेता पाण्डेय सहित पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरु अहिले कुनै पार्टी प्रवेश भने गरेका छैनन् । नेता पाण्डेयले आफूलाई पार्टीले मेयर पदको उम्मेदवार नबनाए पनि आफू कुनै अन्य राजनैतिक दल वा स्वतन्त्र रुपमै भए पनि स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने बताएका छन् ।

नेपाली कांग्रेसले सो नगरपालिकामा पार्टीका कार्यवाहक सभापति अब्दुल कलाम खांलाई उम्मेदवार बनाएको छ । नेपाली कांग्रेस ठूलो पार्टी भएका कारण उम्मेदवारको आकांक्षी धेरै जना हुने गरेको र उम्मेदवार बनाउन छुटेका अग्रज कार्यकर्ताहरुलाई अन्य स्थानमा समेट्ने पार्टीले नीति लिएको पार्टीका जिल्ला सचिव महेन्द्र पाठकले बताउनुभयो ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Hari Prasad Rijal

    ho

    Comment Author

    Thaman Kc

    Bagbas

    Comment Author

    Basudev Shrestha

    सर्बोच्च नेता गणेशमानले प्रधानमंत्री पद त्याग गर्नुभयो । ठुलठूला त्याग तपश्या र वलिदान बोकेका पार्टीका कार्यकर्ता हामी, टिकट नपाएर पार्टी त्यागगर्न सुहाउँदैन ।स्वार्थ लोभ र औसरमा आकर्षित कार्यकर्ताहरुका असहयोग र अन्तरघात सहनुभन्दा त पार्टीपरित्याग हुनु पनि अहितकर होला जस्तो त लाग्दैन ।

    Comment Author

    Binod RIjal

    हावा

    Comment Author

    Oli Oli

    येा सबै हावा हाे

    Comment Author

    Sita Ram Thapa

    बहुदल भनेको यहि हो झुट पनि हुन सकछ

    Comment Author

    Laxman Gurung

    Badai xa m a male ko tarf bàt

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?