नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
नेपाली बैज्ञानिकले गरे चमत्कारीक आविष्कार, दुनियाँमै नभएको यस्तो प्रबिधि अब नेपालमा(नेपाल अघी बढ्दै छ)

सारांश

  • असार ६, काठमाडौं – प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् ।
  • उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ ।
  • तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।
असार ६, काठमाडौं – प्रायः पक्षघातका बिरामी हातखुट्टा, शरीर चलाउन नसक्ने, बोल्न नसक्नेजस्ता समस्याबाट ग्रसित हुन्छन् । उनीहरूको चाहना र आवश्यकता बुझ्न अभिभावक तथा रेखदेख गर्नेलाई कठिन हुन्छ । तर, नेपालमै यस्तो प्रविधि विकास भएको छ, जसले बिरामीको चाहना र आवश्यकता अभिभावक र रेखदेख गर्नेको मोबाइलमा सन्देशका रूपमा पठाउनेछ ।
दुई युवा अनुसन्धानकर्ताले विकास गरेको प्रविधि शरीरमा राखेपछि बिरामीले सोचेको कुरा मोबाइलको म्यासेज बक्समा पुग्नेछ र सो अनुसार बिरामीको कुरा बुझ्न अभिभावकलाई सहज हुनेछ । अनुसन्धानकर्ता युगेश पाण्डे र अंकित शाहले ८ महिना लगाएर विकास गरेको प्रविधिले पक्षघातका बिरामीको जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । शरीरमा जडान गरिएको ‘ईईजी’नामको मेसिनले बिरामीको दिमागबाट उत्पन्न भएको माइक्रोभोल्ट (बिटा ब्रेन वेभ) विश्लेषण गरेर कम्प्युटरको सफ्टवेयरमार्फत मोबाइलमा सूचना दिन्छ ।
अनुसन्धानकर्ता पाण्डेका अनुसार कम्प्युटरको स्क्रिनमा हरेक पाँच÷पाँच सेकेन्डमा बिरामीका आवश्यकता र चाहनाका सूची आउँछन् । बिरामीले आफ्नो आवश्यकतामा सोचाइ बढाउँछन् र त्यो आवश्यकता वा चाहना छनोट भएर मोबाइलमा म्यासेज जान्छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले उक्त प्रविधि विकास र मेसिन निर्माणका लागि आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । अहिले यो प्रविधि नास्टमै राखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पनि यो प्रविधि बिरामीमा प्रयोग गर्न ‘इथिकल एप्रुवल’ दिएको छ । ‘धेरै प्रकारका पक्षघातका बिरामी हुन्छन् । उनीहरूलाई यो प्रविधि प्रयोगका लागि तालिम दिनुपर्ने हुन्छ । जसले तालिम सफलतापूर्वक सम्पन्न गर्न सक्छन्, उनीहरूले त्यस्तो प्रविधि प्रयोग गर्न सक्छन्’, अनुसन्धानकर्ता शाहले भन्नुभयो, ‘प्रविधि प्रयोगका लागि ४५ हजार रुपैयाँसम्म शुल्क लाग्नेछ ।’
नेपालमा पहिलोपटक विकसित प्रविधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई बिरामीमा प्रयोग गर्ने अनुमति दिएको हो । नास्टले प्रविधि विकासमा विश्वास गरेकाले आफूहरू सफल भएको शाहको भनाइ छ । उक्त प्रविधि पक्षघातका दुई जना बिरामीमा प्रयोग भइसकेको छ ।
आवश्यक पर्ने बिरामी तथा स्वास्थ्य संस्थालाई संयुक्त रूपमा दिने योजना उहाँहरूको छ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं म्यागासेसे पुरस्कार विजेता महावीर पुनले उक्त प्रविधि प्रोत्साहन गर्नुभएको थियो भने केन्द्रबाट पनि प्रविधिको विकास र विस्तार गर्ने योजना छ । अनुसन्धानकर्ताका अनुसार केन्द्रले पनि बिरामीलाई आवश्यक तालिम दिन सक्छ ।
प्रविधि विकासको सोच
बूढानीलकण्ठबाट ए लेभल उत्तीर्ण शाह र सेन्ट जेभियर्सबाट प्लस टु उत्तीर्ण पाण्डेले यस्तो प्रविधि विकास गर्ने सोच चार वर्षअघि नै बनाउनुभएको थियो । कक्षा ११ अध्ययन क्रममा शाह बिरामी भएका बेला माइतीघरस्थित अन्नपूर्ण अस्पतालमा उहाँको ईईजी गरिएको थियो । ईईजी गर्ने क्रममा उहाँ शान्त बस्दा ब्रेन वेभ स्थिर भएको र बढी सोच्दा ब्रेन वेभ पनि गतिशील भएका थिए । ब्रेन वेभको विशेषताबारे मनन् गर्नुभएका उहाँले त्यसबारे साथी पाण्डेलाई बताउनुभयो । त्यसपछि दुवै जनाले त्यस विषयमा अध्ययन गर्न थाल्नुभयो । आफ्नो अध्ययन पनि जारी राख्नुपर्ने बाध्यताले प्रविधि विकास समयमै सम्पन्न गर्न सक्नुभएन उहाँहरूले ।
अध्ययनपछिको फुर्सदमा उहाँहरू नास्टमा गई अनुसन्धानका लागि अनुमति माग्नुभयो । प्लस टु मात्रै सकेका उहाँहरूलाई यति ठूलो कामको अनुसन्धान जिम्मा दिन नास्ट डरायो । गम्भीर प्रकृतिका बिरामीमा प्रयोग गरिने साधनको परिकल्पना गरिएको थियो त्यसमा । तर, धाउन नछाडेपछि उहाँहरूको दृढता र लगनशीलता देखेर नास्टले स्वास्थ्य अनुसन्धान परिषद्को अनुमति लिन आग्रह गर्‍यो । परिषद्को प्रोटोकलमा प्लस टु उत्तीर्णलाई अनुसन्धान गर्न दिने व्यवस्था थिएन ।
त्यसपछि उहाँहरूले अन्नपूर्ण न्युरो अस्पतालका प्रमुख एवं न्युरो सर्जन डा.वसन्त पन्तलाई को इन्भेस्टिगेटरका रूपमा अनुसन्धानमा सहभागी गराउने निर्णय गरेपछि बल्ल अनुसन्धानका लागि परिषद् र नास्टबाट अनुमति पाउनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
पार्टी प्रवक्ताबाट हटाइदै नारायणकाजी ! के हाे वास्तबिक्ता?
पार्टी प्रवक्ताबाट हटाइदै नारायणकाजी ! के हाे वास्तबिक्ता?
रेशम चौधरी लगायतले अनसन नतोडे अर्को कारागार सारिने
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
जब सासुका कारण ऐश्वर्याले आत्महत्याको प्रयास गरिन्
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
धर्म निरपेक्षता जनआन्दोलनको माग होइन, जनमत संग्रह गर्नुपर्छ : मोहन बस्नेत
प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा
प्रदेशको राजधानी माग्दै सांसद र नेता काठमाडौंमा
झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा
झापाका पन्ध्र हजार घरधुरी अन्धकारमा
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
काठमाडौं–तराई/मधेस द्रूतमार्गको अवलोकनपछि रक्षामन्त्रीले दिए सेनालाई यस्तो निर्देशन
ल्यापटप, मोबाइल, प्रिन्ट, फोटोकपी र चिपलेबलमा युवालाई दक्ष बनाउँदै एलाईन्स
ल्यापटप, मोबाइल, प्रिन्ट, फोटोकपी र चिपलेबलमा युवालाई दक्ष बनाउँदै एलाईन्स

तपाईंले छुटाउनुभयो कि?