नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
सारांश
- दार्जिलिङमा गोर्खाल्याण्डको माग चर्को रुपमा उठिरहेको छ।
- बङ्गाल सरकारले दार्जिलिङ्को विद्यालयमा लगाएको अनिवार्य बङ्गाली भाषाको पठनपाठनबाट रुष्ट भएका दार्जिलिङबासीले उक्त निर्णय फिर्ता लिनका लागि गरेको आन्दोलनलाई बेनर्जी सरकारको दमन पश्चात रातारात उक्त ठाँउमा गोर्खाल्याण्को मागको आगो निस्किएको थियो।
- हाल यस आन्दोलनले हिंस्रक रुप लिदा कयौँ मानिसको ज्यान गइसकेको छ।
दार्जिलिङमा गोर्खाल्याण्डको माग चर्को रुपमा उठिरहेको छ। बङ्गाल सरकारले दार्जिलिङ्को विद्यालयमा लगाएको अनिवार्य बङ्गाली भाषाको पठनपाठनबाट रुष्ट भएका दार्जिलिङबासीले उक्त निर्णय फिर्ता लिनका लागि गरेको आन्दोलनलाई बेनर्जी सरकारको दमन पश्चात रातारात उक्त ठाँउमा गोर्खाल्याण्को मागको आगो निस्किएको थियो।
हाल यस आन्दोलनले हिंस्रक रुप लिदा कयौँ मानिसको ज्यान गइसकेको छ।
दार्जिलिङमा रहेका नेपालीभाषीको यो मागमा नेपाली जनताको खुल्ला रुपले समर्थन नभएपनि उनिहरु प्रति सहानुभुती भने अवश्य रहेकोछ ।भारतीय हुनुको बाबजुत उनिहरुसँगको सांस्कृति,धर्म,रितिरिवाज तथा भाषाको समानताले कारणले गर्दा जुन किसिमको भावनात्मक सम्बन्ध रहेको छ यसकारण यो स्भाविक पनि हो।
तर केहिदिन यता गोर्खाल्याण्डको माग जसरि अचानक रुपमा ब्युतेको छ । त्यसरी नै भारतमा यस विषयलाई लिएर नेपाल तथा नेपाली जनता माथी अनावश्यक आरोप तथा टिका टिप्पणी हुदैँ गइरहेको छ। चाहे त्यो गोर्खाल्याण्डको विरोध गर्ने जमातको प्रतिनिधित्व पात्र त्रिलोकी गुप्ताले सामाजिक सञ्जालमा नेपाल र नेपालीमाथि गरेको अश्लिल पोष्ट होस वा गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गर्ने नेताले नेपालमाथिको अराजक धारणा जहाँ उनले भारतीय सरकार पक्षलाई भरोसा दिलाउने क्रममा नेपाललाई एक अत्यन्तै गरिब तथा दरिद्र देशको भन्दै नेपालसँग तुलना नै गर्न नसकिने जनाउ दिएका थिए।
हालै मात्र गोर्खाल्याण्डको समर्थक एक युवतीले समेत सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै नेपाल तथा नेपाली जनतामाथि चर्को आलोचना तथा मिथ्या आरोप लगाएकी छिन। ति युवती हुन् सिमा सुवेदी । उनले उक्त भिडियोमा उनले आफु भारतीय गोर्खाली भएको र उनलाई नेपाली भनेर चिनिनु लज्जास्पद लाग्ने बताएकी छिन।
साथै उनले भनेकी छिन ‘ नेपालमा सायद कुनै गोरखा भन्ने जिल्ला होला। तर न त म नेपाली हुँ, न त मेरो पुस्ताले नेपाल नै देखेको छ। मलाई भारतीय गोर्खा हुनुमा गर्वछ।
तर उनले भिडियोमा यो चाहीँ खुलाइनन् कि उनलाई यदी नेपालमा गोरखा जिल्ला नै छ कि छैन भन्ने यकिन नहुनुका साथै उनका हाल सम्मका पुस्ताले नेपाल नै नदेखि गोर्खा को इतिहास बारेमा उनलाई के थाहा छ ? र उनि र उनको परिवार कसरी गोर्खाली भए ?
उनले आफुहरु (भारतिय गोर्खाली) नेपालीको कारण लज्जित हुनु परेको समेत आरोप लागाएकी उनी भन्छिन् ‘तिमीहरु(नेपाली) नै हौ जो भारत आएर संसारको भाँडा मोल्ने काम गर्दछौ तिमीहरुको कारण हामी गोर्खाली लज्जित हुन्छौ मानिसहरु सोच्छन कि हामीहरु पनि तिमिहरु जस्तै भाँडा मोल्ने नेपाली हौ।
साथै उनले समस्त नेपालीलाई अर्को चेतावनी समेत दिएकी छिन उनि भन्छिन् भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ। त्यसैले भारतिय गोर्खा तथा भारतको विरुद्द बोल्ने तिमीहरु आफ्नो मुख समालेर बस।
यि त केही प्रतिनिधित्व घटना मात्र हुन गोर्खाल्याण्डको बिषयमा नेपाल तथा नेपाली माथि लागेको अनावश्यक आरोप। गोर्खाल्याण्ड आन्दोलन नितान्त भारतियहरुको हो र दार्जिलिङ भारतको यस बिषयमा नेपाल तथा नेपालीको चासो कहिल्यै रहेको छैन।
नत रहने नै छ। यस आन्दोलन कुनै दिन अवश्य नै टुङ्गिनेछ,चाहे गोर्खाल्याण्डको माग पुरा होस या नहोस तर यस आन्दोलनको समाप्ति पछि पनि के दार्जिलिङबासी तथा नेपालीबीच सम्बन्ध पहिलेको जस्तै आत्मिय र सुमधुर हुनेछ? यो सोचनिय बिषय बन्नेछ।
प्रतिक्रिया