नोबेल शिक्षण अस्पतालद्वारा कार्कीलाई रु एक लाख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नोबेल शिक्षण अस्पतालद्वारा कार्कीलाई रु एक लाख

सारांश

  • विराटनगर, २७ चैत ।
  •   विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ ।
  • अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गर्नुभयो ।

विराटनगर, २७ चैत ।  विराटनगरस्थित नोबेल मेडिकल कलेज एवं शिक्षण अस्पतालले नेपाली काँग्रेस उदयपुरका पूर्व जिल्ला सभापति नारायणबहादुर कार्कीको उपचारमा सहयोगका लागि आज यहाँ रु एक लाख सहयोग गरेको छ ।

अस्पतालका निर्देशक सुनिल शर्माले काँग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूलाई उक्त रकमको चेक आज हस्तान्तरण गर्नुभयो । संघीय संसद्को दोस्रो चरणको निर्वाचनमा उम्मेदवार कार्की चुनाव प्रचारका क्रममा निर्वाचन बहिष्कार समूहद्वारा गरिएको कुकर बम विष्फोटनमा घाइते हुनुभएको थियो ।

पूर्वसभापति कार्कीको अहिले शिक्षण अस्पताल काठमाडौँमा उपचारका लागि आर्थिक समस्या उत्पन्न भएको छ । निर्वाचनमा घाइतेको सम्पूर्ण उपचार सरकारले बेहोर्ने भने पनि समुचित सहयोग नपाइएको गुनासो उहाँको परिवारले गरेको छ ।

चेक हस्तान्तरण समारोहमा काँग्रेस सभापति लिम्बूले काँग्रेस र वर्तमान सरकार संवेदनशील भएर घाइतेको उपचारमा लाग्नुपर्नेमा जोड दिनुभयो । नोबेल अस्पतालका निर्देशक शर्माले आगामी दिनमा पनि थप सहयोग गरिने दृढता व्यक्त गर्नुभयो । नोबेल अस्पतालले असहाय र गरीबलाई निःशुल्क उपचार सेवा दिने गरेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि
जोकोभिकले जिते अष्ट्रेलियन ओपन टेनिसको उपाधि
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन्: नवनिर्वाचित राष्ट्रपति पौडेल
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु
यसकारण दिएनन् गृहमन्त्रि थापाले सांसदहरुले सोधेको प्रश्नको जवाफ
तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाईंदै
तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मनाईंदै
फुट्ने भयो जसपा
भूकम्पपीडितको राहत गोदाममा कुहियो
भूकम्पपीडितको राहत गोदाममा कुहियो
सन्ध्या फाउण्डेसन को उद्घाटन ।
सन्ध्या फाउण्डेसन को उद्घाटन ।
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,
ऊर्जा मन्त्रालयले रातारात सुटुक्क एउटा कम्पनीलार्इ दिइयो तामाकोसी तेस्रो,

तपाईंले छुटाउनुभयो कि?