न्यायाधीश जोशीको त्यान्द्रे आशा मेटियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २८, २०७५
|
|
२० पटक हेरिएको
Shares
न्यायाधीश जोशीको त्यान्द्रे आशा मेटियो

सारांश

  • काठमाडौं ।
  • संवैधानिक परिषदको वैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबराको नाम सिफारिस गरेको छ ।
  • सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा जबराको नाम सिफारिस गरेसँगै अर्का न्यायाधीश दीपकराज जोशीको त्यान्द्रे आशा मेटिएको छ ।

काठमाडौं । संवैधानिक परिषदको वैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबराको नाम सिफारिस गरेको छ । सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशमा जबराको नाम सिफारिस गरेसँगै अर्का न्यायाधीश दीपकराज जोशीको त्यान्द्रे आशा मेटिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको वैठकले चोलेन्द्रको नाम सिफारिस गरेको हो ।

जोशी प्रधानन्यायाधीश बन्नका लागि नेताहरुकोमा धाइरहेका थिए । उनका आसेपासे पनि प्रधानन्यायाधीश बन्ने ढुक्कका साथ उनलाई ढाडस दिंदै दौडधुप गरिरहेका थिए । विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न जोड दिएका थिए । देउवाले जोशीलाई प्रधानन्यायाधीश बनाउने अडानमा २ पटकसम्म संवैधानिक परिषदको वैठक स्थगित गरेका थिए ।

समय लम्बाएर जोशीलाई कामु प्रधानन्यायाधीशसम्म पनि दिनुपर्ने देउवाले प्रस्ताव राखेको संवैधानिक परिषदका एक सदस्यले बताए । तर, एकपटक संसदीय सुनुवाईबाट अस्विकृत भैसकेका जोशीलाई प्रधानन्यायाधीशमा दोस्रोपटक सिफारिस गर्नु पनि संवैधानिक परिषद्का लागि निकै चुनौतिपूर्ण थियो ।

त्यसैकारण चोलेन्द्रशसमशेर जबरालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो । न्याय परिषद् सचिवालयले भने दीपकराज जोशी र जबरा दुवैको नाम पठाएको थियो । बिहिबारदेखि न्यायाधीश जोशीको प्रधानन्यायाधीश बन्न पाउने त्यान्द्रे आशा मेटिएको छ ।

सर्वोच्चका प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको पुस १७ गते उमेर हदका कारण कार्यकाल सकिंदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?