न्युनतम तापक्रम बढ्यो, चिसो घटेन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
न्युनतम तापक्रम बढ्यो, चिसो घटेन

सारांश

  • काठमाडौं, ३ पुस ।
  • जल तथा मौसम पूवार्नुमान महाशाखाले आज काठमाडौंको न्युनतम तापक्रम बढेको जनाएको छ ।
  • हिजो यो वर्षकै कम २ दशमलव ५ डिग्रीमा झरेको न्यूनतम तापक्रम आज विहान बढेर ७ डिग्रीमा पुगेको छ ।

काठमाडौं, ३ पुस । जल तथा मौसम पूवार्नुमान महाशाखाले आज काठमाडौंको न्युनतम तापक्रम बढेको जनाएको छ । हिजो यो वर्षकै कम २ दशमलव ५ डिग्रीमा झरेको न्यूनतम तापक्रम आज विहान बढेर ७ डिग्रीमा पुगेको छ ।

न्युनतम तापक्रम बढेपनि आज दिनभर घाम नलाग्ने भएकोले चिसो भने बढ्दै महाशाखाले जनाएको छ । हिजो बादलले आकाश ढाकेकोले आज न्युनतम तापक्रम बढेको हो ।

आज पूर्व र मध्य क्षेत्रको केही ठाउँमा पानी पर्ने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ । बादल लागेकाले देशभर चिसो बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?