पण्डित श्रीनिवासलाई गोली भारतीय सुटरले हानेका थिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पण्डित श्रीनिवासलाई गोली भारतीय सुटरले हानेका थिए

सारांश

  • पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
  • यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ ।
  • प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ ।

पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ । प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको संयुक्त टोली परिचालन
घटनाको अनुसन्धानका लागि प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, धरानस्थित सङ्घीय प्रहरी र विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले परिचालन गरिएको एसपी बिसीले बताए ।

‘घटनामा संलग्न व्यक्ति र कारण पत्ता लगाउन परिचालित संयुक्त टोलीले प्राविधिक अनुसन्धान जारी राखेको छ । केही दिनमै रहस्य बाहिर आउनेछ,’ उनले भने । उनका अनुसार प्रदेश १ प्रहरीले पण्डित श्रीनिवासमाथि गोली प्रहार घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।

तीन गोली हाने : पण्डित
विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिरहेका पण्डित श्रीनिवास होसमा आएका छन् । प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ । उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि तीन गोली प्रहार भएको बताएका छन् । ‘मंगोलियन अनुहारका दुईजनाले तीन गोली हाने । एउटा गोली लागेपछि मोटरसाइकल चढेर भागे,’ श्रीनिवासको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kc Harisharan

    Sad time

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
टीकाकाे भाेलिपल्ट आन्तरिक हवाई भाडादर सार्वजनिक
जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान
​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
​नेकपा निर्वाचन आयोगमा दर्ता, यस्तो राखियो नयाँ नाम
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
नेपाल प्रहरीद्वारा ३८ सय बढी कर्मचारी माग, यस्ता व्यक्तिले आवेदन दिन पाउनेछन्
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव नेपालको रणनीति
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
राेचक: ब्ल्याकमेलको उजुरी गरेकी युवतीलाई प्रहरीले उल्टै ब्ल्याकमेल गरेर बलात्कार गरे
पोखरामा चिनियाँ जहाज अवतरण
पोखरामा चिनियाँ जहाज अवतरण
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)
कमला न्यौपानेको होली गीत ‘होली रङ्ग होली’ सार्वजनिक (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?