पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !

सारांश

  • काठमाडौं ।
  •  पुर्ब युवराज्ञी हिमानी शाहसंगको ताजा अन्तरवार्ता, परिवार र भविष्यबारे मनका कुरा साथै हिमानी ट्रष्टको गतिबिधिमा केन्द्रित छ ।
  • हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो ।

काठमाडौं । पुर्ब युवराज्ञी हिमानी शाहसंगको ताजा अन्तरवार्ता, परिवार र भविष्यबारे मनका कुरा साथै हिमानी ट्रष्टको गतिबिधिमा केन्द्रित छ ।

हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो । हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन् । सूर्यवंशी सिखवत राजपूत उनले ग्यालेक्सी पब्लिक उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी हुन् ।

तत्कालिन युवराज पारससंग विवाहबन्धनमा बांधिएसंगै उनी अधिराजकुमारी भइन् । दरबारहत्याकाण्डपछि ससुरा ज्ञानेन्द्र शाह राजा भए, पारस र हिमानी राजउत्तराधिकारी । पूर्व अधिराजकुमारी भएता पनि हिमानी सरल स्वभावकी देखिन्छिन् । देश गणतन्त्रमा रुपान्तरण भएपछि उनी हिमानी ट्रष्टमार्फत समाज सेवामा सक्रिय छन् । तीन सन्तानकी आमा हिमानीको सौन्दर्यबाट प्रभावित नहुंने सायदै कोही होला । विरलै संचारमाध्यमसंग बोल्ने हिमानीले नेपालआजको म्यागजिन प्रकाशन होपका लागि दिएको अन्तवार्ता यहां साभार गरिएको हो ।

हिमानी ट्रष्ट कस्तो संस्था हो ?

हिमानी ट्रस्ट नेपालका गरिब व्यक्तिलाइ सहयोग गर्न बनाइएको गैरनाफामुलक र गैरराजनीतिक संस्था हो ।

आफ्नै नाममा संस्था खोल्ने सोच कसरी आयो ?

हामी राजपरिवारका सदस्यहरु सामाजिक कार्यहरुमा सदा आबद्ध रहदैँ आएका छौँ । मुमा बडामहारानी रत्नले बालमन्दिर स्थापना गरिबक्सेको हो । बडामहारानी एश्वर्याको सक्रियतामा समाज कल्याण परिषद् जन्मिएको र हुर्किएको हो । राजकुमारी हेलेन शाह रेडक्रस र कुष्ठरोग निवारण केन्द्रमा सक्रिय होइसिन्छ । त्यस्तै राजकुमारी प्रेक्षा वीर अस्पतालमा स्वयमसेविकाको रुपमा बिरामीको हेरचाह गर्न सक्रिय होइसिन्थ्यो । मलाई समाजसेवामा लाग्ने प्रेरण मेरो परिवारका सदस्यहरुबाटै मिलेको हो । पीडामा परेका जो कोहीलाई पनि सकेको सहयोग गर्न चाहन्छु ।

हिमानी ट्रस्टको उद्देश्य के हो ? यसले क–कसलाई सहयोग गर्छ ?

महिला, युवा, बालालिका र ज्येष्ठ नागरिकहरु लाई सहयोग गर्छ । यसको प्रमुख उद्देश्य भनेको मानिसको जीवनस्तर उकास्नु हो । त्यसकारण यी सम्पूर्ण सहयोग आवश्यक परेका व्यक्तिहरुलाई समेटेको छ ।

यो संस्थाबाट कति मानिसहरुले लाभ लिइरहेका छन् नि ?

वास्तवमा हामीले हाम्रो कामबाट कतिजना लाभान्बित भए भनेर रेकर्ड त राख्ने गरेको छैनौं । सानाठूला परियोजनाहरु मार्फत केही जिल्लाहरुमा सहयोग गरिरहेका छौं । हामीले दुई ठूला परियोजनाहरु दोलखा जिल्लामा सञ्लालन गरेका थियौं । जहाँ मानिसहरुलाई आवश्यक पानी दिइयो , शौचालयहरु बनाइयो , विद्यार्थीहरुलाई पोशाक र कापीकलम बाँडियो । महिलाहरुको स्वास्थ्य परीक्षण गरेका थियौं । दोलखाबासी सम्पूर्णलाई हामीले बिभिन्न माध्यमबाट सहयोग गरेका थियौं । सुदूरपश्चिमका बाढी पिडीतलाई सहयोग गर्यौं । झन्डै १०,००० व्यक्तिहरुलाई यस संस्थाले सहयोग गरिरहेको छ । भूकम्पपीडितलाई पनि हामीले सहयोग गर्यौं ।

तपाइको यस संस्थाबाट अरु के–कस्ता कार्यक्रमहरु गर्दैछ ?

खगेन्द्र नवजीवन केन्द्रमा रहेका असक्षम व्यक्तिहरुलाई हाम्रो साथ सहयोग निरन्तर रहनेछ । निकट भविष्यमै महिलाहरुको जीवनस्तर उकास्ने खालका कार्यक्रमहरु ल्याउनेछौं ।

कार्यक्रमको लागि आर्थिक व्यबस्थापन कसरी गर्नुहुन्छ ?

हामी हाम्रो परिवारबाटै उठाउछौँ । देशबिदेशमा रहेका हाम्रा शुभेच्छुकहरुबाट पनि सहयोग प्राप्त हुने गरेको छ ।

धेरै मानिसहरुले तपाईले राजनीतिक पृष्ठभूमी बनाइराख्नुभएको छ हिमानी ट्रष्टमार्फत भन्छन् नी ?

मानिसहरुलाई जे मनलाग्छ त्यो भन्न दिनोस् । हामी मन, वचन र कर्मले निःश्वार्थ सहयोग गरिरहेका छौं ।

तपाईले साधारण मानिसहरुसँग अन्तक्र्रिया गरिसकेपछि , देशको सामाजिक आर्थिक अवस्थाका बारेमा बुझ्नुभयो । यसलाई कसरी व्याख्या विश्लेषण गर्नुहुन्छ ?

पीडामा रहेका मानिसलाई देख्दा मेरो मन रुन्छ । बास्तवमा यी मानिसहरुका दूर्दशाकै कारणले गर्दा मलाई उनीहरुको पीडामाथी मलम लगाउन उत्प्रेरित गर्छ । सम्भव भएसम्म म सबैको अनुहारमा खुःसी देख्न चाहन्छु ।

तपाई समाजमा के परिवर्तन देख्न चाहनुहुन्छ ?

म मेरो देशमा सबै मानिस शिक्षित होउन् भन्न चाहन्छु । शिक्षाले नै मानव जीवनमा ठूलो परिवर्तन ल्याउँछ । यहाँ धेरै देशहरु छन्, जहाँ जनसंख्या धेरै छ, देश गृहयुद्घमा फसिरहेको छ । विभिन्न बिचारधाराका व्यक्तिहरु छन् र फरक समस्याहरु छन् । तरपनि उनीहरु धेरै विकसित छन् ।

तपाईको विचारमा नेपालमा चाहिँ कम विकसित हुनुमा के लाग्छ ?

हामी भूपरिबेष्ठीत देशका नागरिक हौं । यहाँ नै छ ठूलो फाइदा र बेफाइदा । हामी कुन बास्तविक धरातलमा छौं भन्ने कुरामा भर पर्दछ । हामीले पूर्णरुपमा हाम्रा प्राकृतिक स्रोतहरुको उपयोग गर्न सकेका छैनौं । बाली प्रशस्त रुपमा उत्पादन गर्न कृषि आधुनिकिकरणको खाँचो छ । हामीले हाम्रो जडिबुटी , बनस्पति र जीवको विशाल धन भुल्नु हुँदैन । नेपाल गरीव देश हो ? होइन । हामीले यो देशको मुहार फेर्नलाई कडा परिश्रम गर्नुपर्छ ।

व्यक्तिगत जीवनः

बिहे अगाडिको जीवनका बारेमा बताइदिनोस् न ।

म एक्लै हुर्किए, मेरो आमा होइसिन्नथ्यो । म सँगै दुईजना दिदीबहिनीहरु छन् । हामी धेरै हेरविचार गर्ने र मायालु वातावरणमा हुर्केका थियौं ।

तपाईका शोखहरु के के छन् ?

घोडा चढ्ने, गीतसंगीत सुन्ने र किताब पढ्ने ।

सबै मानिसका राम्रा र नराम्रा बानीहरु हुन्छन् । पति पारस शाहको एउटा राम्रो र एउटा नराम्रो बानी बताइ दिनुस् न ?

म यो कुरामा विश्वास गर्दछुकी, मैले अरुको बारेमा राम्रो वा नराम्रो कुरा गरेर केही पाउन सक्दीन ।

तपाईप्रति ज्ञानेन्द्र शाह र कोमल शाह ले कस्तो व्यवहार गर्नहुन्छ ?

उहाँहरुबाट मैले धेरै माया पाएको छु । बुहारी हैन, छोरीको व्यवहार गरिबक्सन्छ ।

तपाईका छोराछोरीहरु के गर्दै छन् ?

उनीहरु यहिँ नेपालमा पढिरहेका छन् ।

तपाई आफ्नो छोराछोरीलाइ कति समय दिनुहुन्छ ?

आमाको लागि छोराछोरी भनेको पहिलो प्राथमिकतामा पर्छ । म उनीहरुले चाहेको बेला जतिबेला पनि समय दिन सक्छु ।

एउटा व्यक्तिको रुपमा, तपाईका असल गुणहरु के के छन् ?

मेरो विचारमा, मान्छेले आफ्नो गुणहरु आफैंले बताउन सक्दैन । यो त अरुले मूल्याङ्कन गर्नुपर्ने कुरा हो नि, हैन र ।

तपाई प्रतिकुल अवस्थालाई कसरी सम्हाल्नुहुन्छ ?

धैर्य भएर ।

तपाईको विचारमा, मानिससँग हुनैपर्नै गुणहरु के के छन् ?

सबै व्यक्तिमा मानवता हुनुपर्छ ।

तपाईको लागि परम आनन्द के हो ?

शान्तिपूर्ण वातावरण ।

के तपाई अध्यात्मवादमा रुची राख्नुहुन्छ ? तपाई भगावानको विश्वास गर्नुहुन्छ ?

मानव भएको नाताले, म भगवानमाथि विश्वास गर्छु । सबैले यस जीवनमा राम्रा काम गरेर मुक्तिको बाटो खोज्छन । मपनि त्यहीं चाहन्छु ।

तपाई आमा, श्रीमती, बुहारी र समाजसेवी यी सबै भूमिकालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?

पहिलो कुरा त , तपाईले आफ्नो उद्देश्य, जिम्मेवारी र योजनाहरु राम्रोसँग बनाएर अगाडि बढ्नुहुन्छ भने यी सबै भूमिकाहरु आफैं व्यवस्थित हुँदै जानेछन् ।

तपाई खुसी लाई कसरी परिभाषित गर्नुहुन्छ ?

खुसी भनेको त्यो क्षण हो, जहां भगवान र राम्रो कामबाट नतिजा प्राप्त हुन्छ । यसले समाजको लागि अनि आफ्नै लागि पनि सन्तुष्टि प्रदान गर्दछ ।

तपाई छुट्टीमा के गर्न चाहनुहुन्छ ?

नेपालमा बच्चाहरुसँग बस्न खेल्न ।

तपाईको जीवनको दर्शन के हो ?

मेरो जीवन दर्शन साधारण छ । हरेक दिन सिक्नको लागि हो, सिक्न छोड्नु हुँदैन ।

महिलामा नभइ नहुने विशेषताहरु के हुन् ?

धैर्यता र घरलाई घर बनाउन सक्नु पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
‘मोस्ट वान्टेड’ हुँदा पक्राउ गर्न नसकेका थापालाई सर्वेन्द्रले गरे सम्मान !
काकी भतिज बीचको अश्लील रेकर्ड बाहिरियो, भतिज कांग्रेस वडा सभापति
काकी भतिज बीचको अश्लील रेकर्ड बाहिरियो, भतिज कांग्रेस वडा सभापति
प्रभाकरका करिब २५० मत जलेर नष्ट ,२१ गते पुनः मतदान
प्रभाकरका करिब २५० मत जलेर नष्ट ,२१ गते पुनः मतदान
किन अाउदैछन नरेन्द्र मोदी भदौमा नेपाल ?
किन अाउदैछन नरेन्द्र मोदी भदौमा नेपाल ?
Taarak Mehta Ka Ooltah Chashma actress Disha Vakani aka Dayaben is not returning to the show!
Taarak Mehta Ka Ooltah Chashma actress Disha Vakani aka Dayaben is not returning to the show!
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते
छुट्टाछुट्टै दुर्घटनामा तिनको मृत्यु, चार घाइते
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
जुवा तास खेल्ने पक्राउ
जुवा तास खेल्ने पक्राउ
भारतबाट ट्रकका ट्रक यसरी नेपाल ल्याइन्छन् माग्नेहरु
भारतबाट ट्रकका ट्रक यसरी नेपाल ल्याइन्छन् माग्नेहरु

तपाईंले छुटाउनुभयो कि?