पत्रकार महासंघको प्रदेश समिति निर्वाचनमा तीन संगठनको भागवण्डा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पत्रकार महासंघको प्रदेश समिति निर्वाचनमा तीन संगठनको भागवण्डा

सारांश

  • काठमाडौं, ४ बैशाख ।
  • नेपाल पत्रकार महासंघको यही वैशाख २२ गते हुन गइरहेको प्रदेश समिति निर्वाचनको सन्दर्भमा प्रमुख ३ संगठनबीच पदहरुको भागवण्डा भएको छ ।
  • प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच भागवण्डाको सहमति भएको हो ।

काठमाडौं, ४ बैशाख । नेपाल पत्रकार महासंघको यही वैशाख २२ गते हुन गइरहेको प्रदेश समिति निर्वाचनको सन्दर्भमा प्रमुख ३ संगठनबीच पदहरुको भागवण्डा भएको छ । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच भागवण्डाको सहमति भएको हो ।

देशभर क्रियाशील आमपत्रकारबीच आपसी सहमति गराएर सहकार्य गर्दै निर्वाचन प्रणालीलाई सर्वसम्मत रुपमा सम्पन्न गर्ने दावीसहित ३ संगठनले सहमति गरेका हुन् । तीन संगठनहरुले निर्वाचनमा सबै पक्षलाई समेट्दै महासंघलाई साझा चरित्र प्रदर्शन गर्ने निर्णयसमेत गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । यी ३ संगठनबीचको सहमतिअनुसार ७ भौगोलिक र ३ गैर भौगोलिक गरी १० प्रदेशमध्ये प्रेस चौतारीले ५, प्रेस सेन्टरले ३ र प्रेस युनियनले २ वटा प्रदेशको नेतृत्व पाएका छन् ।

यस्तो छ, सहमतिपत्र

नेपाल पत्रकार महासंघको यही वैशाख २२ गते हुन गइरहेको प्रदेश स्तरीय निर्वाचनको सन्दर्भमा देशभर क्रियाशील आमपत्रकारबीचमा आपसी सहमति गराएर सहकार्य गर्दै निर्वाचन प्रणालीलाई सर्वसम्मत रुपमा सम्पन्न गर्न पत्रकारहरुका प्रमुख तीन संस्था प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालबीच सहमति भयो ।

हामी तीन संस्थाहरु नेपाल पत्रकार महासंघलाई सबै पक्ष र विचार अट्ने साझा-समावेशी चरित्रको बनाउन सहमत छौं । यस प्रयोजनार्थ अतिरिक्त अन्य संघ संस्थाहरुलाई प्रदेशमा नेतृत्व गर्ने संस्थाले समन्वयको पहल गरी सहभागी गराउने निश्कर्षमा समेत पुगेका छौं ।

१) प्रदेश नम्बर एक

अध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष : नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) : प्रेस सेन्टर नेपाल

महासचिव : प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) : प्रेस सेन्टर नेपाल

सचिव (समावेशी) : प्रेस चौतारी नेपाल

कोषाध्यक्ष : प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) : २ चौतारी, १ सेन्टर र २ युनियन

महिला : १ चौतारी, १ सेन्टर र १ युनियन

दलित : १ चौतारी

आदिवासी जनजाति : १ चौतारी, १ सेन्टर

मधेसी : १ युनियन, १ सेन्टर

अल्पसंख्यक : १ युनियन

२) प्रदेश नम्बर दुई

अध्यक्ष : प्रेस युनियन

उपाध्यक्ष  : प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) : प्रेस युनियन

महासचिव : प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) : प्रेस युनियन

सचिव (समावेशी) : प्रेस युनियन

कोषाध्यक्ष : प्रेस युनियन

सदस्य (खुल्ला) : १ चौतारी, १ सेन्टर र ३ युनियन

महिला : ३ युनियन

दलित : १ युनियन

आदिवासी जनजाति : १ चौतारी, १ सेन्टर

मधेसी : २ युनियन

अल्पसंख्यक : १ युनियन

३) प्रदेश नम्बर तीन

अध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष : प्रेस सेन्टर नेपाल

उपाध्यक्ष (महिला) : नेपाल प्रेस युनियन

महासचिव : प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) : प्रेस चौतारी नेपाल

सचिव (समावेशी) : प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष : प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) : २ चौतारी, १ सेन्टर र २ युनियन

महिला : १ चौतारी, २ सेन्टर

दलित : १ चौतारी

आदिवासी जनजाति : १ युनियन  , १ सेन्टर

मधेसी : १ चौतारी, १ सेन्टर

अल्पसंख्यक : १ युनियन

४) प्रदेश नम्बर चार

अध्यक्ष : प्रेस सेन्टर नेपाल

उपाध्यक्ष : नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) : प्रेस चौतारी नेपाल

महासचिव : प्रेस चौतारी

सचिव (खुल्ला) : प्रेस चौतारी नेपाल

सचिव (समावेशी) : प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष : प्रेस सेन्टर

सदस्य (खुल्ला) : २ चौतारी, १ सेन्टर र २ युनियन

महिला : १ चौतारी, १ सेन्टर र १ युनियन

दलित : १ चौतारी

आदिवासी जनजाति : १ चौतारी, १ युनियन

मधेसी : १ सेन्टर, १ चौतारी

अल्पसंख्यक : १ सेन्टर

५) प्रदेश नम्बर पाँच

अध्यक्ष : प्रेस सेन्टर नेपाल

उपाध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) : प्रेस सेन्टर नेपाल

महासचिव : प्रेस चौतारी नेपाल

सचिव (खुल्ला) : नेपाल प्रेस युनियन

सचिव (समावेशी) : प्रेस चौतारी नेपाल

कोषाध्यक्ष : प्रेस सेन्टर नेपाल

सदस्य (खुल्ला) : २ चौतारी, १ सेन्टर र २ युनियन

महिला : १ चौतारी र २ सेन्टर

दलित : १ सेन्टर

आदिवासी जनजाति : १ चौतारी, १ युनियन

मधेसी : १ चौतारी, १ युनियन

अल्पसंख्यक : १ सेन्टर

६) कर्णाली प्रदेश

अध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष : नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) : प्रेस सेन्टर नेपाल

महासचिव : प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) : प्रेस चौतारी नेपाल

सचिव (समावेशी) : प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष : प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) : १ चौतारी, २ सेन्टर र २ युनियन

महिला : १ चौतारी, १ सेन्टर र १ युनियन

दलित : १ युनियन

आदिवासी जनजाति : १ चौतारी, १ सेन्टर

मधेसी : १ चौतारी, १ सेन्टर

अल्पसंख्यक : १ युनियन

७) प्रदेश नम्बर सात

अध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष : प्रेस सेन्टर नेपाल

उपाध्यक्ष (महिला) : प्रेस चौतारी नेपाल

महासचिव : नेपाल प्रेस युनियन

सचिव (खुल्ला) : प्रेस सेन्टर नेपाल

सचिव (समावेशी) : नेपाल प्रेस युनियन

कोषाध्यक्ष : प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) : १ चौतारी, २ सेन्टर र २ युनियन

महिला : २ चौतारी, १ सेन्टर

दलित : १ सेन्टर

आदिवासी जनजाति : १ युनियन  , १ सेन्टर

मधेसी : १ चौतारी, १ युनियन

अल्पसंख्यक : १ सेन्टर

८) उपत्यका प्रदेश (काठमाडौं, ललितपुर र भक्तपुर)

अध्यक्ष : प्रेस सेन्टर नेपाल

उपाध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष (महिला) : प्रेस सेन्टर नेपाल

महासचिव : नेपाल प्रेस युनियन

सचिव (खुल्ला) : प्रेस चौतारी नेपाल

सचिव (समावेशी) : नेपाल प्रेस युनियन

कोषाध्यक्ष : प्रेस सेन्टर नेपाल

सदस्य (खुल्ला) : १ चौतारी, २ सेन्टर र २ युनियन

महिला : १ चौतारी, १ सेन्टर र १ युनियन

दलित : १ चौतारी

आदिवासी जनजाति : १ चौतारी, १ सेन्टर

मधेसी : १ युनियन  , १ चौतारी

अल्पसंख्यक : १ युनियन

९) प्रतिष्ठान प्रदेश (गैरभौगोलिक)

अध्यक्ष : प्रेस चौतारी नेपाल

उपाध्यक्ष : प्रेस सेन्टर

उपाध्यक्ष (महिला) : प्रेस चौतारी नेपाल

महासचिव : प्रेस युनियन नेपाल

सचिव (समावेशी) : प्रेस सेन्टर नेपाल

सचिव (खुल्ला) : प्रेस सेन्टर नेपाल

कोषाध्यक्ष : प्रेस चौतारी नेपाल

सदस्य (खुल्ला) : २ चौतारी, १ सेन्टर र २ युनियन

महिला : १ चौतारी, १ सेन्टर र १ युनियन

दलित : १ चौतारी

आदिवासी जनजाति : १ चौतारी, १ सेन्टर

मधेसी : १ युनियन  , १ सेन्टर

अल्पसंख्यक : १ चौतारी

१०) एसोसिएट प्रदेश (गैरभौगोलिक)

अध्यक्ष : नेपाल प्रेस युनियन

उपाध्यक्ष : नेपाल प्रेस युनियन

उपाध्यक्ष (महिला) : नेपाल प्रेस युनियन

महासचिव : प्रेस चौतारी

सचिव (खुल्ला) : नेपाल प्रेस युनियन

सचिव (समावेशी) : प्रेस सेन्टर

कोषाध्यक्ष : प्रेस युनियन   नेपाल

सदस्य (खुल्ला) : १ चौतारी, १ सेन्टर र ३ युनियन

महिला : १ चौतारी, १ सेन्टर र १ युनियन

दलित : १ युनियन

आदिवासी जनजाति : २ युनियन

मधेसी : २ युनियन

अल्पसंख्यक : १ युनियन

यो सहमति आजैका मितिबाट लागु हुने गरी आ–आफ्नो मातहतका समितिहरुलाई समेत निर्देशन गर्ने निर्णय गरिएको पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?