परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
३० पटक हेरिएको
Shares
परराष्ट्रमन्त्री ज्ञवालीले गरे अस्मितालाई एसइईसम्म पढाउने घोषणा

सारांश

  • काठमाडौं, २ बैशाख ।
  • परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन् ।
  • स्थानीय वीपी स्मृति प्राथमिक विद्यालयमा अस्मितालाई कक्षा १ मा भर्ना गर्नुका साथै अभिभावकत्व ग्रहण गर्ने क्रममा मन्त्री ज्ञवालीले अस्मितालाई एसइईसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च पनि आफूले बेहोर्ने घोषणा गरेका हुन् ।

काठमाडौं, २ बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको छत्रकोट– ५ खज्र्याङकी एक बालिका अस्मिता परियारलाई एसइईसम्म पढाउने घोषणा गरेका छन् । स्थानीय वीपी स्मृति प्राथमिक विद्यालयमा अस्मितालाई कक्षा १ मा भर्ना गर्नुका साथै अभिभावकत्व ग्रहण गर्ने क्रममा मन्त्री ज्ञवालीले अस्मितालाई एसइईसम्म पढ्दा लाग्ने सम्पूर्ण खर्च पनि आफूले बेहोर्ने घोषणा गरेका हुन् ।

नयाँ वर्षसँगै अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री ज्ञवालीले अस्मिताको अभिभावकत्व ग्रहण गरेका हुन् । गरिव, दलित परिवार तथा जेहेन्दार विद्यार्थीलाई विद्यालय भर्ना तथा अभिभावकत्व ग्रहण गर्ने क्रममा अस्मिताको अध्ययन खर्च बहन गर्ने मन्त्री ज्ञवालीले घोषणा गरेका हुन् ।

मन्त्री ज्ञवालीले कार्यक्रममै बालिका अस्मिताको अध्ययन खर्च बेहोर्ने घोषणा गरेका हुन् । उनले आफ्नो ट्वीटरमा पनि लेखेर अभिभावकत्व ग्रह गर्न पाउँदा निकै खुशी भएको बताएका छन् । उनले भनेका छन्, “वीपी स्मृति प्रावि छत्रकोट– ५ गुल्मीकी छात्रा अस्मिता परियारको शैक्षिक अभिभावकत्व ग्रहण गर्न पाउँदा निकै खुशी छु । अस्मिताको शैक्षिक भविष्य उज्ज्वल होस् । माध्यमिक तहसम्मको शिक्षाका लागि आवश्यक सहयोग गर्नेछु ।”

अस्मिताका बुवा दीपक परियार र आमा राधा परियारले मन्त्री ज्ञवालीको उक्त कार्यप्रति आभार र प्रशन्नता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Prakash Basnet

    Good job ??

    Comment Author

    Hari Adhikari

    पहिला अाफु एसइई पास गर

    Comment Author

    Jitu Gautam

    हार्दिक बधाई एवं शुभकामना !

    Comment Author

    Krishna Prasad Tiwari

    Good job mantri jiu

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
प्रचण्ड र माधव नेपालले गरे कानून व्यवसायीहरुसँग परामर्श, प्रचण्ड बालुवाटारमा
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
एटीएम प्रयोग गरी पैसा चोर्ने पाँच चिनियाँ नागरिक पक्राउ
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
आज पहिलोपटक संघीय संसदमा सम्बोधन गर्न राष्ट्रपति बग्गी चढेर जाने
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
सुशासनका लागि कर्मचारीतन्त्र बाधक स् मुख्यमन्त्री गुरुङ
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
पुन: मतगणना माग्दै उच्च अदालतमा सातवटा मुद्दा
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
तामाकोशीको शेयर खुल्ला !
तामाकोशीको शेयर खुल्ला !
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?