पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७३
|
|
८३ पटक हेरिएको
Shares
पर्दामा तीन फिल्म : दर्शकले कुन रोज्ने ?

सारांश

  • यो हप्ताको लागी बिहिबारबाटै तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् ।
  • शुक्रबार रिलिजको लागी चलचित्र निर्माता संघको प्रावधान विपरित प्रदर्शनको होडबाजी सहित तीन फिल्म बिहिबार नै पर्दामा आए ।
  • तीन फिल्म हुन, ‘किङ’, ‘शब्द’ र ‘लभ साशा’ ।

यो हप्ताको लागी बिहिबारबाटै तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबार रिलिजको लागी चलचित्र निर्माता संघको प्रावधान विपरित प्रदर्शनको होडबाजी सहित तीन फिल्म बिहिबार नै पर्दामा आए ।


तीन फिल्म हुन, ‘किङ’, ‘शब्द’ र ‘लभ साशा’ । निखिल उप्रेती स्टारर ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी फिल्ममा लिड कलाकार हुन् । एक्शन र प्रेम बोल्ने फिल्मले सिंगल स्कृनमा दर्शकको साथ बढि पाउने अपेक्षा छ ।

यस्तै सौगात मल्ल र कमली वाईवा, अनुभव रेग्मी स्टारर ‘शब्द’लाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन् । फिल्म नेपाली मौलिक कथामा आधारित छ । यो फिल्म बिहिबारबाट मल्टिप्लेक्स तथा शुक्रबारबाट सिगल स्कृनमा लाग्दैछ । यस्तै मल्टिप्लेक्स लक्षित भनिएको ‘लभ साशा’मा केकी अधिकारी र कर्मा शाक्य लिड अभिनयमा छन् ।

प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्मले प्रेमकथा बोल्छ । माधव वाग्ले यसका निर्माता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?