पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा रोल्पा सदरमुकाम तनावग्रस्त…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ३०, २०७३
|
|
११९ पटक हेरिएको
Shares
पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राइको बिरोधमा  रोल्पा सदरमुकाम तनावग्रस्त…

सारांश

  • रोल्पा (लिवाङ), ३० मङ्सिर ।
  • पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
  • रोल्पामा आन्दोलन चर्किरहेकै समयमा नेपाल मगर सङ्घ रोल्पाले भने सरकारले रोल्पालाई ५ नंबाट ४ नं प्रदेशमा राखेकामा स्वागत कार्याक्रमको आयोजना गरेको थियो ।

रोल्पा (लिवाङ), ३० मङ्सिर । पाँच नं प्रदेशबाट पहाडी जिल्ला टुक्य्राउने गरी सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयकविरुद्ध आज आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

रोल्पामा आन्दोलन चर्किरहेकै समयमा नेपाल मगर सङ्घ रोल्पाले भने सरकारले रोल्पालाई ५ नंबाट ४ नं प्रदेशमा राखेकामा स्वागत कार्याक्रमको आयोजना गरेको थियो । एकै ठाउँमा विरोध र स्वागत कार्यक्रम चलिरहेकै बेला दुवै पक्षबीच एक्कासि ढुङ्गा हानाहान भएको थियो ।

झडप शान्त पार्न प्रहरीले दुवै पक्षका केही आन्दोलनकारीलाई नियन्त्रणमा लिनाका साथै लाठी चार्ज अश्रु ग्याससमेत प्रहार गरेको थियो । प्रहरीको लाठीचार्जबाट दुवैतर्फका गरी आठ जना घाइते भएका छन् ।
सङ्घर्ष समितिका सदस्य सचिव तथा नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेले आजको आन्दोलन सुरुआात मात्र भएको जिकिर गर्दै माग पूरा नहुँदासम्म सशक्त आन्दोलन चर्काउने चेतावनी दिनुभयो ।

(https://whatthefab.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?