पार्टी एकतामा प्रतिशतको बिबाद छैन : पौडेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
पार्टी एकतामा प्रतिशतको बिबाद छैन : पौडेल

सारांश

  • बुटवल : एमाले उपमहासचिव विष्णु पौडेलले दुई पार्टीको एकतामा प्रतिशतको भागबण्डा हल्ला मात्र भएको बताएका छन्।
  • पार्टीको इतिहास, योगदान र योग्यताको आधारमा सबै नेता कार्याकर्ताको व्यवस्थापन हुने भन्दै उनले त्यसमा प्रतिशतको कुनै नहुने बताएका हुन्।
  • ‘इतिहास, योगदान र योग्यताको आधारमा नेता कार्यकर्ता व्यस्थापन हुने हो, यसो गर्दा माओवादीको ६० प्रतिशत पुग्यो भन्दैमा पार्टी एकता नहुने होइन’, उनले भने।

बुटवल : एमाले उपमहासचिव विष्णु पौडेलले दुई पार्टीको एकतामा प्रतिशतको भागबण्डा हल्ला मात्र भएको बताएका छन्। पार्टीको इतिहास, योगदान र योग्यताको आधारमा सबै नेता कार्याकर्ताको व्यवस्थापन हुने भन्दै उनले त्यसमा प्रतिशतको कुनै नहुने बताएका हुन्।

‘इतिहास, योगदान र योग्यताको आधारमा नेता कार्यकर्ता व्यस्थापन हुने हो, यसो गर्दा माओवादीको ६० प्रतिशत पुग्यो भन्दैमा पार्टी एकता नहुने होइन’, उनले भने। पारस्परिक सम्मान र समानताका साथ एकता हुने भएकाले यसमा कोही मिसिने र कोही मिसाउने नहुने बताए।

प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकाध विषय टुंगिन बाँकी रहेको भन्दै चुनाव अघिबाट सुरु भएको गठबन्धन र एकताले वैशाख ९ गते मूर्त रुप पाउने बताए। पार्टीको चुनाव चिन्ह, जनयुद्ध शब्द राख्ने तथा नेतृत्वका विषयमा ठूलो विवाद छ भन्ने प्रचार भए पनि त्यसो नभएको उनको भनाइ छ। नेता पौडेलले केही दिनमै सबै कुरा मिलेर पार्टी एकता हुने दाबी गरे।

‘कुनै बाधा अवरोध नआए वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन हालसम्मकै विशाल जनप्रदर्शनबाट पार्टी एकता घोषणा हुन्छ,’, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?