पूर्वगृहमन्त्री खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना
सारांश
- काठमाडौं, ४ चैत ।
- पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना भएको छ ।
- छिञ्चुदेखि वीरेन्द्रनगर हिडेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिकाको सप्तरीमा दुर्घटना भएको बताइएको छ ।
काठमाडौं, ४ चैत । पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना भएको छ । छिञ्चुदेखि वीरेन्द्रनगर हिडेको बा १५ च ८३५४ नम्बरको गाडी भेरीगंगा नगरपालिकाको सप्तरीमा दुर्घटना भएको बताइएको छ ।
पूर्वगृहमन्त्री खड्का सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । खड्काका सहयोगी प्रहरी नायव निरीक्षक सञ्जीव आचार्य घाइते भएका छन् । घाइते आचार्यको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित हुँदा सडकको भित्तामा ठोकिएको बताइएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया