पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
पूर्व एआइजी भट्टराई भ्रष्टाचारी ठहर

सारांश

  • काठमाडौं ।
  • विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै ९ महिना कैद, ७९ लाख ८७ हजार रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको छ ।
  • न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य, नारायणप्रसाद पोखरेलको इजलासले बिहिबार भट्टरार्ईलाई दोषी ठहर गर्दै फैसला गरेको हो ।

काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व एआइजी ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै ९ महिना कैद, ७९ लाख ८७ हजार रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको छ ।

न्यायाधीशहरु चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य, नारायणप्रसाद पोखरेलको इजलासले बिहिबार भट्टरार्ईलाई दोषी ठहर गर्दै फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  एक करोड ९१ लाख ९६ हजार ३६ हजार ८८१ बराबरको सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति कमाएको दाबी गर्दै २०७३ मङ्सिर ८ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यसमध्ये ७९ लाख ८७ हजारको मात्र सम्पत्तिको स्रोत नदेखिएको अदालतले ठहर गर्दै भ्रष्टाचारी ठहर गरेको हो । हाल उनी नयाँ शक्ति नेपालमा राजनीति गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?