पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा बीस जना घाइते

सारांश

  • बेइजिङ, ४ असार ।
  • ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन् ।
  • सिन्ह्वा न्युज एजेन्सीका अनुसार चाल्र्स डे गौल विमानस्थलबाट चीनको युनान प्रान्तस्थित कुनमिङ चाङ सुई विमानस्थलका लागि छुटेको एमयू ७४४ नम्बरको उडान अवतरणका लागि आकाशबाट झर्ने क्रममा समस्या आएपछि विमानमा सवार २० जना घाइते भएका हुन् ।

बेइजिङ, ४ असार । ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन् ।

सिन्ह्वा न्युज एजेन्सीका अनुसार चाल्र्स डे गौल विमानस्थलबाट चीनको युनान प्रान्तस्थित कुनमिङ चाङ सुई विमानस्थलका लागि छुटेको एमयू ७४४ नम्बरको उडान अवतरणका लागि आकाशबाट झर्ने क्रममा समस्या आएपछि विमानमा सवार २० जना घाइते भएका हुन् । घाइतेमध्ये चार जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

विमानमा यात्रारत यात्रुमध्ये कतिपयको हाड भाँचिएको, टाउकामा गहिरो चोट लागेको र केहीको नरम तन्तु च्यातिएको अस्पताल स्रोतले जनाएको छ । विमानको ‘ओभर हेड लकर’ मा राखिएका झोला वा ठक्करका कारण उनीहरु घाइते भएका बताइएको छ । घाइते यात्रुको परिचय कम्पनीले खुलाएको छैन ।

स्थानीय समय अनुसार बिहान ९ बजेको समयमा करिब एक घण्टा ढिलो गरी अवतरण भएको विमान र दुर्घटनाबारे विमान कम्पनीले विस्तृत विवरण तत्काल दिन अस्वीकार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
नेकपा भित्र ओलीलाई एक्ल्याउने तयारी, बामदेव गौतमको सक्रियतामा हुँदैछ यस्तो मोर्चावन्दी !
अर्घाखाँचीमा बस दुर्घटनामा १९ को मृत्यु
अर्घाखाँचीमा बस दुर्घटनामा १९ को मृत्यु
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
प्रधानमन्त्री ओली स्वदेश फर्किए, सञ्चारकर्मीसँग चुइक्क बोलेनन्
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
३ स्थानीय तहको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
मोदीलाई जनकपुरमा ५ घेरामा ७ हजार सुरक्षाकर्मी-५० हजार मान्छे उतार्ने
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
हिन्दु र मुस्लिम युवतीले गरे विवाह, समाजिक संजालमा भाइरल दुई युवतीको फोटो
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
पुरातत्त्वको टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने
नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा
नेपालगञ्जका होटल व्यावसायी विस्थापित हुने खतरा
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु
विवाह भोजमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु