पैसा कमाउने निहुमा दिमागी सन्तुलन बिग्रेकोलाई पठाइयो मलेसिया
सारांश
- प्रकाश योगि,मलेसिया खुकुलो कानुन कि कानुननै नभएको, कि कानुन पैसामा किनिएको वा बेचिएको ?
- चेक जाँच गर्ने डाक्टर नक्कली , मलेसियाका लागि प्रबेश अनुमती दिने अध्यागमन बिभाग पैसाको भरमा मेनपवर कम्पनी संग बेचिएको ?
- कि एजेन्ट र मेनपावर कम्पनी दलाल?
प्रकाश योगि,मलेसिया
खुकुलो कानुन कि कानुननै नभएको, कि कानुन पैसामा किनिएको वा बेचिएको ? चेक जाँच गर्ने डाक्टर नक्कली , मलेसियाका लागि प्रबेश अनुमती दिने अध्यागमन बिभाग पैसाको भरमा मेनपवर कम्पनी संग बेचिएको ?कि एजेन्ट र मेनपावर कम्पनी दलाल? दोशीलाई कार्बाही हुनै पर्छ। शिव कुमार थापा सोति नाम गरेका एक नेपाली मलेसिया त पुगे तर कसरि फाल्गुन २ गते सोमबार मलेसियाको एयर्पोर्टमा पुगे? उनलाई मलेसियाको एजेण्डले त कम्पनी सम्म पुर्यायो तर उनी पुरै दिमागी असन्तुलनमा छन ।अर्थात उनलाई कुनै होस नै छैन ।कहिले के गर्छन कहिले के बोल्छन उनको व्यवहार हेर्दा उनी होस मा छैन्नन भन्ने पक्का पक्की हुन्छ ।

१ आखिर कसरी पुगे त मलेसिया शिव कुमार थापा? prominent employment pvt.ltd प्रोमिनेन्ट इम्पोलोमेन्ट प्रा.लि मेनपावन कम्पनी र एजेन्ट तिल सुनरीको दलालीमा फसी उनी मलेसिया पुगे ।उनी अहिले अलपत्र छन मलेसिया मा ।

२ कहाँ छ मेनपावर कम्पनी प्रोमिनेन्ट इम्पोलोमेन्ट प्रा.ली? सरकारी लाइसेन्स नम्बर ९३३/०६६/०६७रिङरोड गङगबु ८ काठमाडौ कार्यालय पासपोर्ट मा उल्लेखित छ । जसका संचालक श्याम खरेल हुन ।जसको टेलिफोन नम्बर ९७७१४३८७५२४ रहेको छ र दलाल तिल सुनारी जस्को मोबाइल नम्बर ९६१७५०२०३५पनि पासपोर्टको बाहिरी पानामा उल्लेखित छ । मलेसियाका एक व्यापारी नवीन खडकाले यति बेला उनलाई सहयोग गरि रहेका छ्न ।थापाको पुरै मानसिक सन्तुलन बिग्रीएको र उनी रोड होस या जता तेतै हिड्ने हुनाले अनाबश्क कुनै क्षति नहोस भनेर बाधेर राखेको र उनलाई नेपाल फर्काउने बन्दोबस्त पनि मिलाउने तयारी रहेको खडका ले बताउनु भयो । दिमागै सन्तुलन नभएकालाई पैसाको लोभले बिदेश पठाउने कम्पनी दलाल एजेन्ट र कुनै छानबिन बिना प्रबेश दिने अध्यागमन बिभाग र यश भित्र का दोशी सबै लाई कार्बाही हुनै पर्छ ।
प्रतिक्रिया