पोखरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
पोखरामा चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

सारांश

  • पोखरा–लेखनाथ महानगरपालिका–२३ चापाकोटकी २४ वर्षीय सञ्जीता विकको चट्याङ लागेर मृत्यु भएको छ ।
  •   बुधबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी विकलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा विहिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताउनुभएको छ ।
  •   चट्याङले सो ठाउँका १७ वर्षीया पवित्रा विक, ४३ वर्षीया इला सुनार र २१ वर्षीय वेलबहादुर विक पनि घाइते भएका, पवित्रा र इलाको फिस्टेलमा तथा वेलबहादुरको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

पोखरा–लेखनाथ महानगरपालिका–२३ चापाकोटकी २४ वर्षीय सञ्जीता विकको चट्याङ लागेर मृत्यु भएको छ ।

 

बुधबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी विकलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा विहिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताउनुभएको छ ।

 

चट्याङले सो ठाउँका १७ वर्षीया पवित्रा विक, ४३ वर्षीया इला सुनार र २१ वर्षीय वेलबहादुर विक पनि घाइते भएका, पवित्रा र इलाको फिस्टेलमा तथा वेलबहादुरको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रवक्ता खत्रीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ