पौडेलको गुनासो : पार्टीको डाडुपन्यु देउवाको हातमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताएका छन् ।
  • गोरखा पुगेका उनले प्रेस युनियनको जिल्ला अधिवेशन उद्घाटन गर्दै आफू एकताको लागि प्रतिबद्ध रहेको बताए ।

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताएका छन् । गोरखा पुगेका उनले प्रेस युनियनको जिल्ला अधिवेशन उद्घाटन गर्दै आफू एकताको लागि प्रतिबद्ध रहेको बताए ।

एकताका लागि पूर्ण रुपमा प्रतिबद्ध छु । अब एकतालाई साकार रुप दिने कुरा पार्टी सभापतिमा भरपर्ने उनले दाबी गरे । उनले पार्टी एकताको डाडुपन्यु पार्टी सभापतिको हातमा रहेको दाबी गरे ।
सभापति शेरबहादुर देउवाको व्यवहारले पार्टीलाई एकता हुन नदिएको बताए । अहिलेसम्म पार्टीलाई एक बनाएर लैजान आफूले निरन्तर पहल गर्दै आइरहेको छ दाबी गरे ।

वरिष्ठ नेता पौडेलले सभापतिको पक्षपात पूर्ण व्यवहारका कारण नै पार्टी कमजोर बन्दै गरेको आरोप लगाउँदै “पार्र्टीलाई एकताबद्ध बनाउन सहयोगका लागि म जहिले पनि तयार छु, अरु बाँकी काम पार्टी सभापतिको हो”, उनले भने । नेता पौडेलले विश्वमा भएका सबै विकास लोकतन्त्रका कारण मात्र सम्भव भएको बताए ।

सरकारको नेतृत्व गरेको दलले सबै अधिकार प्रधानमन्त्रीमा लगेर थुर्पाने कोसिस गरिरहेको आरोप लगाउँदै जुन प्रणालीले देशलाई अहिलेको स्थितिमा ल्याएको छ, त्यसमा सबै इमान्दार भएर लाग्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?