प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रतिपक्षलाई बेवास्ता गरिन्न – अध्यक्ष तिमिल्सिना

सारांश

  • काठमाडौंँ, १४ चैत,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।
  • सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
  • अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल होइन, जति ठूलो वा जति सानो संख्या भए पनि प्रतिपक्ष नै हो, प्रतिपक्षलाई बेवास्ता गरेर चल्यो भने भविष्यमा सत्ता पक्ष प्रतिपक्षमा जानु पर्नेहुन्छ, यो कुरालाई सत्ता पक्षले बुझेको हुनुपर्दछ ।

काठमाडौंँ, १४ चैत,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभालाई प्रतिपक्षको आडभरोसा र भावना मुखरित गराउने थलो बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग आज सिंहदरबारमा भएको अन्तरक्रियामा उहाँले राष्ट्रियसभा सञ्चालन गर्दा प्रतिपक्षको सबै कुरालाई ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो–‘‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष, सानो र ठूलोको सवाल होइन, जति ठूलो वा जति सानो संख्या भए पनि प्रतिपक्ष नै हो, प्रतिपक्षलाई बेवास्ता गरेर चल्यो भने भविष्यमा सत्ता पक्ष प्रतिपक्षमा जानु पर्नेहुन्छ, यो कुरालाई सत्ता पक्षले बुझेको हुनुपर्दछ ।’’

राष्ट्रियसभाले हरेक कुरामा प्रतिनिधिसभालाई पर्खेर बस्ने भन्ने होइन भन्दै उहाँले समान हैसियत भएकाले राम्रो नतिजाका लागि प्रतिस्पर्धा गरेर काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

राष्ट्रियसभाले मतदाताप्रति उत्तरदायी बन्न स्थानीय तह र प्रदेशसभाका समस्यालाई प्रखररुपमा उठाउने बताउँदै अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय तहले कानून नपाएर काम गर्न नपाएको अवस्थालाई दृष्टिगत गरी प्राथमिकीकरण गरेर कानून निर्माण गरिने छ भन्नुभयो ।

उहाँले भन्नुभयो–‘‘जनप्रतिनिधिका आवाज जनताले थाहा पाउने ढंगबाट राष्ट्रियसभाका गतिविधिसम्बन्धी समाचार सम्प्रेषण होस् । राष्ट्रियसभालाई सञ्चारमैत्री बनाउन हरप्रयास हुनेछ । जनतालाई सुसूचित गर्ने विषयमा ध्यान दिइने छ ।’’

राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवारी दिनुअघि नै आफूले नेकपा ९एमाले०का साधारण सदस्य समेतबाटै राजीनामा दिएको कुरासमेत उहाँले सो अवसरमा जानकारी दिनुभयो ।

(https://www.srikotamedical.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
विमानस्थलबाट डेढ वर्षदेखि सुन तस्करीमा संलग्न एयरपोर्ट भन्सारका कर्मचारीसहित चारजना जेल चलान
राडीपाखी गाउँमा बिक्री हुन छाडे
राडीपाखी गाउँमा बिक्री हुन छाडे
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
चिनियाँ राष्ट्रपति सीको भ्रमण: नेपाललाई ’भूपरिवेष्‍टितबाट भू-जडित देश’ बन्न सहयोग गर्ने
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि
सुनसरीको पछीलो मत परिणाम ,१७४ मतले भगवती अगाडि
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
टी-२० विश्वकप एशिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिदै
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुग्यो
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण भदौको ३ गते अमेरिकामा हुदै
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

तपाईंले छुटाउनुभयो कि?