प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्न सांसद छविलाल विश्वकर्माकाे जाेड !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २१ भदौ ।
  • प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद छविलाल विश्वकर्माले नेपाल राष्ट्रिय पुस्तकालयलाई अझ व्यवस्थित गरी थप संरक्षणको गर्न माग गरेका छन् ।
  • उनले देशको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएका राष्ट्रिय पुस्तकालयलाई एकीकृत र सुरक्षित गरिनुका साथै प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ, २१ भदौ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद छविलाल विश्वकर्माले नेपाल राष्ट्रिय पुस्तकालयलाई अझ व्यवस्थित गरी थप संरक्षणको गर्न माग गरेका छन् । उनले देशको सभ्यता, संस्कृति र पहिचानसँग जोडिएका राष्ट्रिय पुस्तकालयलाई एकीकृत र सुरक्षित गरिनुका साथै प्रत्येक प्रदेशमा राष्ट्रिय पुस्तकालय स्थापना गर्नुपर्नेमा जोड दिए । सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल वायु सेवा निगमले हालै खरिद गरेको दुई वाइड बडी विमानमाथि अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गर्न माग गरे । सांसद अनिलकुमार झाले कैलालीबाट निर्वाचित रेशम चौधरीलाई सांसद पदको शपथ गराइ प्रमाणपत्र दिलाउन माग गरे।

सांसद उमा शङ्कर अगरियाले धानबालीमा मलको अभाव रहेको भन्दै किसानलाई मल उपलब्ध गराउन आग्रह गरे। सांसद प्रेम सुवालले विकास निर्माणका विभिन्न क्षेत्रमा भएको अनियमिततामाथि छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । सांसद खगराज अधिकारी हालै इण्डोनेशियामा सम्पन्न एसियन खेलकूद प्रतियोगितामा रजत पदक प्राप्त गर्ने खेलडीलाई जीवन निर्वाहमुखी भत्ताको व्यवस्था गर्न माग गरे । सांसद उमाकान्त चौधरीले बारा र पर्सा जिल्लाको छोटी भन्सारलाई व्यवस्थित गराउन माग गरे । सांसद सरिता गिरीले महिला हिंसा अन्त्य गर्न सरकारले प्राथमिकता दिँदै कार्ययोजना बनाई लागू गर्नुपर्छ भने । सांसद हितबहादुर तमाङले वर्षात्का कारण क्षति पुगेका सडकलाई पुनः निर्माण शुरु गर्न र बाढी पहिरो पीडित जनतालाई राहत पु¥याउन ध्यान दिनुपर्छ भने ।

सांसद उमा रेग्मीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता गर्न र महिला हिंसा अन्त्य गर्नुपर्छ भने । सांसद शशी श्रेष्ठले बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको घटनाको छानबिन गरी दोषिमाथि कारवाही गर्न माग गरे । सांसद प्रमोद साहले मधेश आन्दोलनका क्रममा दोषी ठहरिएका अभियुक्तलाई कानूनी दायरामा ल्याइनुपर्नेमा जोड दिए । सांसद पद्म गिरीले बैंकहरु बढी नाफामुखी भएर पटक–पटक अस्वभाविक व्याजदर बढाएर लगानीकर्तालाई निरास बनाएको भन्दै बैंकको सिण्डिकेट तोडिनुपर्ने खाँचो औँल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?