प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रदेशसभा सदस्यलाई मासिक रु ४५ हजार तलब प्रस्ताव

सारांश

  • काठमाडौँ, २७ चैत  ।
  •   कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ ।
  • मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिनुभयो ।

काठमाडौँ, २७ चैत  ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठाएको छ ।

मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सात वटै प्रदेशलाई पठाइएको जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धी, गाउँसभा र नगरसभाको कानून निर्माण प्रक्रिया सम्बन्धी, प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्नेसम्बन्धी, प्रदेश आकस्मिक कोषसम्बन्धी तथा मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पठाएको थियो । सहप्रवक्ता केसीले पठाइएका विधेयकलाई प्रदेशसभाले स्वीकृत गरी लागू गर्नसक्ने बताउनुभयो ।

संविधानले दिएको अधिकारअनुसार प्रदेशसभाले कार्य विभाजन र कार्य सञ्चालनसम्बन्धी नियमावली आफैँ बनाइसकेका छन् । मन्त्रालयले प्रदेशसभाका लागि अब थप १२ नमूना कानून बनाई पठाउन बाँकी छ । मन्त्रालयले बनाएको नमूना कानूनको मस्यौदालाई महान्याधिवक्ताको संयोजकत्वमा रहेको विज्ञ समूहले परिमार्जन गरी पुनः मन्त्रालयमा पठाउने गर्छ । उपसचिव केसीले चाँडै बाँकी नमूना कानून बनाएर प्रदेशसभामा पठाउने तयारी गरिएको बताउनुभयो ।

पठाइएको विधेयकमा सभामुख, उपसभामुख, विभिन्न समिति, सत्ता पक्ष र विपक्षी दलका सचेतक, सचेतक, प्रदेश सदस्यको पारिश्रमिक र सुविधाको प्रस्ताव तोकिएको छ । सभामुखको मासिक रु ५३ हजार, उपसभामुखको रु ५० हजार तथा समिति सभापति र सचेतकको रु ४८ हजार तथा प्रदेशसभाका सदस्यको रु ४५ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ । उपसचिव केसीले नमूना कानूनमा प्रस्ताव गरिएको सुविधालाई प्रदेशसभाले थपघट गर्न सक्ने बताउनुभयो ।

यसअघि मन्त्रालयले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा मुख्यमन्त्रीको रु ६० हजार ९७०, मन्त्रीको रु ५२ हजार, राज्यमन्त्रीको रु ४९ हजार र सहायकमन्त्रीको रु ४७ हजार सुविधा तोकेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
दाङमा पाँच वर्षमा दुई सय २८ जनाको डुबेर मृत्यु
खै त ! प्रधानमन्त्री, मन्त्रीज्यूहरुको सम्पत्ति
खै त ! प्रधानमन्त्री, मन्त्रीज्यूहरुको सम्पत्ति
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
चीनको चुनौती बढेपछि अमेरिका, भारत, जापान र अष्ट्रेलिया एक ठाउँमा, नोभेम्बरमा नौसैनिक अभ्यास गर्ने
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न माग गर्दै नेविसंघको विरोध प्रदर्शन
केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !
केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
क्रिकेट टिम विश्वकप खेल्ने खुशी लिएर फर्कियो, पारसले के भने?
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
अाज २३ औं जनयुद्ध दिवस, पेरिसडाँडासँगै देशभर मनाइँदै
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट

तपाईंले छुटाउनुभयो कि?