प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा सिफारिस राणाविरुद्ध उजुरी आह्वान

सारांश

  • काठमाडौं, ३ पुस ।
  • संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र समशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ ।
  • संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

काठमाडौं, ३ पुस । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र समशेर राणाविरुद्ध उजुरी आह्वान गरेको छ । संवैधानिक परिषदले गत मंसिर २७ गते चोलेन्द्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

संवैधानिक प्रावधानअनुसार, प्रधानन्यायाधीशमा सिफारिस व्यक्तिबारे संसदीय सुनुवाइ हुनुपर्छ । यही व्यवस्था अनुसार, समितिले सुनुवाइ प्रक्रियाका लागि उजुरी आह्वान गरेको हो ।

समितिले राणा प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य नरहेको कुनै कारण भए स्पष्ट आधारसहित उजुरी गर्न सबैमा आग्रह गरेको छ । उजुरी पुस ११ गते कार्यालय समयभित्र सोझै उपस्थित भएर या फोन तथा इमेलमार्फत् पठाउन सकिने समितिले जनाएको छ ।

उजुरीकर्ताले स्पष्ट परिचय खुलाएर उजुरी दिनुपर्नेछ । उजुरीकर्ताले चाहेमा परिचय गोप्य राखिने भन्दै आयोगले ढुक्क भएर उजुरी गर्न आह्वान गरेको छ । उजुरीको अवधि सकिएपछि समितिले सुनुवाइको समय तोकेर त्यसबारे छलफल गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?