प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ओली र प्रचण्डको ह्वीप

सारांश

  • काठमाडौं, २७ फागुन ।
  • प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।
  • आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अगाडि एमाले र माओवादी केन्द्रको संसदीय दलको बैठकमा दुबै संसदीय दलका नेताहहरुले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीलाई विश्वासको मत प्रदान गर्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनु अगाडि एमाले र माओवादी केन्द्रको संसदीय दलको बैठकमा दुबै संसदीय दलका नेताहहरुले सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन् । सांसदहरुसँग विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफूले देशलाई सुशासन र समृद्धिको पक्षमा लैजाने बताएका थिए ।

दुई पार्टी छिट्टै एक हुने भन्दै उनले भने, “सरकार बनायौँ, चुनावमा सँगै जाने वातावरण बनायौं, अब पार्टी पनि एउटै बनाउने अठोट गरेका छौँ ।” एकतामा केही मतभेद रहे पनि ती सबै अनावश्यक रहेको भन्दै उनले एउटै पार्टीजस्तो भइसकेपछि पनि गोरुभन्दा गाडा अगाडि हिँडाउन खोज्नु गलत भएको बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता प्रचण्डले जनतामा गरेको प्रतिवद्धता अनुसार आफूहरु एकता र सरकार गठनको बाटोमा अगाडि बढ्को बताएका थिए । वाम गठबन्धनले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन ह्वीप समेत जारी गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?