प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा

सारांश

  • काठमाडौं, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।
  • बुधबार सिंहदरबारमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति समक्ष आजै राजीनामा दिने बताउनुभएको हो ।
  • प्रधानमन्त्री दाहालले नेपाली राजनीतिमा लामो समयदेखि देखिएको खडेरलाई अन्त्य गर्न भन्दै राजीनामा दिनुभएको हो ।

काठमाडौं, जेठ १० – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । बुधबार सिंहदरबारमा देशबासीका नाममा सम्बोधन गर्दै उहाँले राष्ट्रपति समक्ष आजै राजीनामा दिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेपाली राजनीतिमा लामो समयदेखि देखिएको खडेरलाई अन्त्य गर्न भन्दै राजीनामा दिनुभएको हो । नेपाली कांग्रेससँग आलोपालो सरकार चलाउने सहमतिअनुसार दाहालले राजीनामा दिनुभएको हो । दाहालको राजीनामासँगै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्ने खुलेको छ । दाहाल गएको साउन १९ गते संसदबाट प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?