प्रधान न्यायाधीशलाई महाभियोग!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रधान न्यायाधीशलाई महाभियोग!

सारांश

  • भारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ ।
  • कंग्रेसलगायतका सात विपक्षी दलहरूले प्रधानन्यायाधीश मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
  • विपक्षी दलका ७१ सांसदहरूले सामूहिक रूपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई प्रस्ताव बुझाएका हुन् ।

भारतको माथिल्लो सदन राज्यसभामा भारतीय प्रधानन्यायाधीश दीपक मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । कंग्रेसलगायतका सात विपक्षी दलहरूले प्रधानन्यायाधीश मिश्राविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । विपक्षी दलका ७१ सांसदहरूले सामूहिक रूपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई प्रस्ताव बुझाएका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध भारतको इतिहासमा पहिलोपटक राज्यसभामा विपक्षीले महाअभियोग लगाएका हुन् । महाअभियोग प्रस्ताव अघि बढाउनेर–नबढाउनेबारे उपराष्ट्रपति नायडुले निर्णय गर्नेछन् । उनलाई प्रस्ताव मनासिव लागेर अगाडि बढाएमा महाभियोगका प्रस्ताव लगाइएका आरोपहरूबारे छानबिन गर्न समिति गठन हुन्छ । समितिलाई ती आरोप उचित लागेमा महाअभियोग प्रस्तावमाथि मतदान हुन्छ । प्रस्ताव दुईतिहाइ मतले दुवै सदनबाट पारित हुनुपर्छ ।

के भन्यो कंग्रेसले ?

क‌ंग्रेसका नेताहरूले न्यायालयलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न नसकेकै कारण प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्नुपरेको प्रतिक्रिया दिएका छन् । ‘समस्याको समाधान गर्न संविधानले केवल एउटा बाटो प्रदान गरेको छ । न्यायपालिकालाई रक्षा गर्न महाअभियोगबाहेक अन्य अर्को उपाय नभएकाले राज्य सभाका हामी सदस्यहरूले गह्रौँ मुटुसँगै निर्णय गरेका हाैँ,’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कंग्रेस नेताहरूले भने ।

-एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यकः अध्यक्ष यादव
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
माधब नेपालकाे विषयमा प्रचण्ड बालुवाटार पुगे ! प्रधानमन्त्रीले भने नेपालले भनेकाे बिषयमा केहि फरक पर्दैन
युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो
युएईले नेपाललाई जितका लागि एक सय ५८ रनको लक्ष्य दियो
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण
बसमा करेन्ट लागेर मानवीय क्षति हुनु दुःखद् : प्राधिकरण
पृथ्वी जयन्ती आज, विविध कार्यक्रम गरेर मनाइँदै
पृथ्वी जयन्ती आज, विविध कार्यक्रम गरेर मनाइँदै

तपाईंले छुटाउनुभयो कि?