प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड छर्किए

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्रहरी नायब निरीक्षकले नै महिलालाई एसिड  छर्किए

सारांश

  • चितवन, १० वैशाख ।
  •   ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् ।
  • पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ ।

चितवन, १० वैशाख ।  ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिड छर्किइएको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको ढकालले बताउनुभयो ।

घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उहाँले बताउनुभयो । श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि एसिड छर्कनुको कारण भने खुल्न नसकेको ढकालले बताउनुभयो । खनियाँ पनि त्रिचोक निवासी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?