प्रहरी बढुवा प्रकरणमा गृहमन्त्री शर्माले यसो भनेर मुख खोले !
सारांश
- काठमाडौ ।
- गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी बढुवा प्रकरणका बारेमा बोलेका छन् ।
- शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताएका छन् ।
काठमाडौ । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रहरी बढुवा प्रकरणका बारेमा बोलेका छन् ।
शनिबार भएको एआईजी, डिआईजी र एसएसपी पदको बढुवामा नियतबस कसैलाई अन्याय नगरिएको बताएका छन् । बढुवा सिफारिस गर्दा कतिपय मर्कामा परेको जानकारी आफूलाई प्राप्त भएको भन्दै उनले उक्त बढुवा प्रहरी संगठनको हितमा भएको दाबी समेत गरे ।
आइतबार ५९ औं प्रहरी संचार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्शालमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले अन्यायमा परेकालाई पछि सम्बोधन गर्ने दाबी गरे । पछि सम्बोधन गर्ने बताएपछि के गर्ने भन्ने विषय खुलाएनन् ।
शनिबार नेपाल प्रहरीको बढुवा सूची सार्बजनिक भएको थियो जसमा केही कनिष्ठ अधिकारीहरु पनि बढुवामा परेको र वरिष्ठ छुटेको भन्दै असन्तुष्टि जनाईरहेका छन् । त्यसतर्फ संकेत गर्दै मन्त्री शर्माले भने, ‘ब्यक्तिलाई अन्याय परेको होला, नियतबस अन्याय गरेको छैन, समस्या र परिस्थितिले सबै ब्यक्ति सीमित कोटामा पर्न सकेनन् ।’
उनले प्रहरी संगठनलाई भने संस्थागत रुपमा बढुवाले न्याय गरेको दाबी गरे । ‘रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको छ,’ उनले भने, ‘कसैलाई मर्का परेको होला फेरि पनि सम्बोधन गरौंला ।’
प्रतिक्रिया