‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
‘फास्ट ट्र्याक’ छिटो बनाउनेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्‍बाट पारित

सारांश

  • असार ८, २०७४- मन्त्रिपरिषद्को बिहीबारको बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने द्रूत मार्ग (फास्ट ट्र्याक) छिटो बनाउनेसम्बन्धी कार्यविधि पारित गरेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
  • सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

असार ८, २०७४- मन्त्रिपरिषद्को बिहीबारको बैठकले काठमाडौँ–तराई/मधेस जोड्ने द्रूत मार्ग (फास्ट ट्र्याक) छिटो बनाउनेसम्बन्धी कार्यविधि पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?