फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..

सारांश

  • काठमाडौं, असार ७ – मंगलबार राति सातदोबाटो चोकमा युवतीको दुई समूहबिच ग्याङ फाइट भएको छ ।
  • ग्याङ फाइटबाट एकजना युवती गम्भीर घाइते भएकी छिन् ।
  • घाइते हुनेमा काभ्रेकी १७ वर्षिया कोपिला गिरी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिनुभयो ।

काठमाडौं, असार ७ – मंगलबार राति सातदोबाटो चोकमा युवतीको दुई समूहबिच ग्याङ फाइट भएको छ । ग्याङ फाइटबाट एकजना युवती गम्भीर घाइते भएकी छिन् ।

घाइते हुनेमा काभ्रेकी १७ वर्षिया कोपिला गिरी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिनुभयो । मंगलबार राति सलिना राई र कोपिल राईको समूहबिच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ ।

के कति कारणले ग्याङ फाइट भएको भन्ने बारे यकिन भइनसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवतीको बयान अनुसार फेसबुकमा अश्लिल शब्द प्रयोग गरेर गाली गरेकाले यस्तो घटना हुन पुगेको बताएका छन् ।

ग्याङ फाइटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत सातदोबाटोले पाँच जना युवतीलाई पक्राउ गरेको छ । फरार रहेका चार जनाको खोजी भइरहेको प्रहरी वृत सातदोबाटाका डिएसपी रामेश्वर यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?